Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तीज म्युजिक अवार्ड लाई गीत आह्वान

Thursday, July 19, 2018 National Power

काठमाडौं – छायाँछवि क्रियशनद्वारा आयोजित ‘पाँचौ तीज म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । नेपाली नारीको महान चाड तीजका अवसरमा आयोजना हुने अवार्डमा सहभागी हुन चाहने कलाकारका लागि आवेदन आह्वान गरिएको हो । सांस्कृतिक तथा धार्मिक आस्था बोकेको तीज पछिल्लो केही वर्षयता ‘सांगीतिक पर्व’का रुपमा समेत फस्टाएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै पाँच वर्षयता छायाँछविले तीज म्युजिक अवार्ड गर्दै आएको हो ।
गायक÷गायिकाले तीजलाई लक्षित गर्दै प्रतिस्र्धात्मक गीत निकाल्ने क्रम बढ्दो छ । ती गायक÷गायिकालाई सम्मान तथा प्रोत्साहन गर्ने हेतुले ‘तीज म्युजिक अवार्ड’ सुरु भएको आयोजकले जनाएको छ । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । उनका अनुसार कार्यक्रम आगामी २५ भदौमा राजधानीमा हुनेछ ।