Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

तीज म्युजिक अवार्ड लाई गीत आह्वान

Thursday, July 19, 2018 National Power

काठमाडौं – छायाँछवि क्रियशनद्वारा आयोजित ‘पाँचौ तीज म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । नेपाली नारीको महान चाड तीजका अवसरमा आयोजना हुने अवार्डमा सहभागी हुन चाहने कलाकारका लागि आवेदन आह्वान गरिएको हो । सांस्कृतिक तथा धार्मिक आस्था बोकेको तीज पछिल्लो केही वर्षयता ‘सांगीतिक पर्व’का रुपमा समेत फस्टाएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै पाँच वर्षयता छायाँछविले तीज म्युजिक अवार्ड गर्दै आएको हो ।
गायक÷गायिकाले तीजलाई लक्षित गर्दै प्रतिस्र्धात्मक गीत निकाल्ने क्रम बढ्दो छ । ती गायक÷गायिकालाई सम्मान तथा प्रोत्साहन गर्ने हेतुले ‘तीज म्युजिक अवार्ड’ सुरु भएको आयोजकले जनाएको छ । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । उनका अनुसार कार्यक्रम आगामी २५ भदौमा राजधानीमा हुनेछ ।