Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सेक्स, आडम्बर र सनक : कथा टर्कीका अदनान ओक्तारको

Wednesday, July 18, 2018 National Power

अदनान अख्तरको शान-सौकत र ऐस-आरमयुक्त जिन्दगी अब बद्लिएको छ । बलिउडका जासुसी एवं एक्सन सिनेमामा देखाइने डन जस्तै लाग्छ, अदनान अख्तर । तर उनको चिनारी धार्मिक अभियान्ताको रुपमा, लेखकको रुपमा छ । एकातिर उनी टेलिभिजनमा धार्मिक कार्यक्रम संचालन गर्छन् भने अर्कोतिर कामुक षोडासीको घेराबन्दीमा मस्ती गरिरहेका देखिन्छन् । सप्तरंगी जीवन व्यतित गरिरहेका अदनान पछिल्लो पटक भने घोर संकटमा फसेका छन् । यसै सन्दर्भमा बिबिसी हिन्दी अनलाइनमा प्रकासित एक आलेखको यहाँ भावनुवाद गरिएको छ ।

देखिन्छनअदनान अख्त,अदननलाई टर्कीको एक टेलिभिजन च्यानलमा धार्मिक प्रवचन दिने व्यक्तिको रुपमा चिनिन्छ । हालैमात्र उनलाई एक सय ६० बढी अनुयायीका साथ पक्राउ गरिएको छ । उनीमाथि संगठित अपराध, धोखाधडी, यौन उत्पीडानको आरोप छ । टर्कीका सरकारी समाचार एजेन्सी अनादोलुका अनुसार अदनानलाई पक्राउ गर्ने र उनको सम्पतिको छानविन गर्नका लागि टर्कीका पाँच राज्यमा एक ठूलो पुलिस अपरेशन चलाइएको थियो ।

तर, यो पहिलो पटक होइन कि, जब अदनान कानुनको घेराबन्दीमा छन् । सबैभन्दा पहिला सन् १९९९ मा उनले डरधम्की दिने र एक आपराधिक संगठन बनाउने आरोपमा पक्राउ गरिएको थियो, तर पछि उनी रिहा भए । सन् १९८० मा उनले इस्तानबुलमा एक इस्लामिक संस्था स्थापना गरे । यसपछि उनको धनदौलत रहस्यमय ढंगले बढ्न थाल्यो । जबकी त्यसको आम्दानीको स्रोत के थियो भन्ने कुरा खोजीनीति गर्न धेरै गाह्रो थियो । त्यसपछि उनले लामो समय जेलमा विताए ।

डार्विनलाई आतंकवादको जड बताए

कतिले अक्तरलाई ‘खतरनाक र कट्टर’ मान्ने गरेका छन् भने कतिले ‘प्रभावशाली विचारक’ पनि भन्ने गरेका छन् । आखिर जे भएपनि उनी टर्कीमा बहुचर्चित छन् । उनीमाथि यहुदिको विरुद्ध घृणा फैलाएको आरोप छ । उनले एक भाषणमा भनेका थिए कि, ‘यहुदीको नरसंहार ९होलोकास्ट० जस्तो कुनै घटना इतिहासमा भएकै थिएन ।’ एकातिर उनी टेलिभिजनमा धार्मिक कार्यक्रम संचालन गर्छन् भने अर्कोतिर कामुक षोडासीको घेराबन्दीमा मस्ती गरिरहेका देखिन्छन्

उनी डार्विनको विकासवादको सिद्धान्त ९इभुलेशन थ्योरी०को पनि विपक्षामा छन् । सन् २०१० मा अख्तरले बीबीसीलाई दिएको एक अन्र्तवार्तामा भनेका थिए ‘डार्विन आतंकवादीको ठूलो प्रेरणा हुन् ।’ उनले ‘हारुन याहया’ उपनाममा आफ्ना केही पुस्तक प्रकासित गरेका छन् । केही बर्षअघि अख्तरले आफ्ना एक टेलिभिजन च्यानल सार्वजनिक गरेका छन्, जसमा उनी आफ्ना विचारधारा प्रचार(प्रसार गर्ने गर्छन् ।

बिकिनी गल्र्सको घेरामा

टेलिभिजनमा आफ्नो प्रवचनका क्रममा उनी अर्धनग्न र मेकअपमा सजिएका सुन्दरीहरुमाझ घेरिएका हुन्थे । यी युवतीहरुलाई उनी किटेन अर्थात बिरालोको बच्चा भन्ने गर्थे । बाहिरी खबर अनुसार उनले ति युवतीहरुको यसरी ब्रेनवास गरेका थिए कि, ताकि उनीहरु स्वंम् आफुलाई अख्तरको ‘यौनदासी’ बनाउन लालयित थिए । यसो पनि भनिन्छ कि, अख्तर आफ्ना वफदार अनुयायीलाई जवान युवती र धनाड्य व्यक्तिहरु फसाउनका लागि प्रयोग गर्थे । उनी आफ्ना शिष्यलाई लायन अर्थात बाघ भन्ने गर्थे ।

सन् १९९९ मा जब उनीमाथि आरोप लाग्यो र त्यसमाथि छानविन भयो । त्यही क्रममा एक युवतीले भनेकी थिइन कि, अख्तरले युवतीको आपत्तिजनक अवस्थामा भिडियो बनाएका थिए र यदि त्यो ग्रुप छाड्ने भएमा ब्ल्याकमेलिङ गर्थे । तर अख्तरले यो आरोपलाई अस्विकार गर्दै आएका छन् । उनी भन्छ कि विश्वभर उनको विरुद्ध अनेक चालबाजी चलिरहेको छ र बेलायतको खुफिया एजेन्सीले यसको नेतृत्व गरिरहेको छ ।

शानदार लाइफस्टाल

विवादस्पद विचारका साथै अख्तरलाई उनको धनाड्य र शान(सौकतयुक्त जिन्दगीका लागि चिनिन्छ । उनी इस्तनाबुलका एक शानदार भिल्लामा रहन्थे, जहाँ उनी अक्सर युवतीहरुको घेरामा हुन्थे । उनको यस्तो शान(सौकतको जिन्दगी उनको सोशल मिडिया अकाउन्टमा खुलेर प्रचार गरिन्थ्यो । उनका अनुयायीले पनि ग्रुप बनाएर उनकै भिल्लाको नजिक बस्ने गर्थे । टर्कीका पत्रकारका अनुसार अख्तरका अनुयायीले नै उनको सोशल मिडिया अकाउन्ट सम्हाल्ने गरेका थिए र उनका सम्पूर्ण गतिविधि अपडेट गर्थे । अख्तर रमजानको मौकामा केही नेता र अन्तर्राष्ट्रियस्तरमा प्रभाव जमाएका व्यक्तिहरुसँग इस्तनाबुलको महंगो होटलमा भेटघाट गर्थे ।

इजरायलसँगको दोस्ती

यहुदीको विरुद्ध घृणित विचार फैलाउनका बावजुद अख्तर इजरायलसँग घनिष्ठ सम्बन्ध कायम गरेका थिए । उनी आफ्ना अनुयायीसँग इजरायल गएर त्यहाँका धार्मिक गुरु एवं ठूला नेताहरुसँग भेटघाट गर्थे । इजरायलका नेतापनि टर्की आएर उनीसँग भेट्थे । अख्तरसँग भेटघाट गर्नेमा इजरायलका संचार मन्त्री अयूब कारासहित प्रधानमन्त्री बिन्यामिन नेतन्याहू पनि सामेल छन् ।