धनगढी- प्रदेश नम्बर ७ को विकाशका लागि महत्वपुर्ण योजनाहरु ल्याईएका छन् । यातयात व्यवसायीहरुले दुर्गम तथा विकट क्षत्रहरुमा यातायातहरु सञ्चालन नगर्ने गर्दा सर्वसाधारणहरुले सास्ति खेप्नुपरेको छ । यस विषयलाई मध्यनजर गर्दै सात नम्बर प्रदेश सरकारले विकट र दुर्गम क्षेत्रमा प्रदेश यातायात सञ्चालन गर्ने योजना ल्याएको छ । साथै आफ्नो तहमा राम्रो काम गर्ने विभिन्न स्थानिय तहहरुलाई प्रदेश सरकारले पुरस्कार स्वरुप चार करोड छुट्याएको छ । यसले गर्दा विकाशको गति तिव्र रुप्मा अगाडी बढ्ने विस्वाश प्रदेश सरकारको रहेको छ ।
नेशनल पावर न्युजको पावर टकमा कुरा गदेै प्रदेश नम्बर ७ का सांसद रतन थापाले आफ्नो प्रदेश राम्रो र सुन्दर बनाउनको लागि आफ्नो तर्फबाट कुनै कसर बाकि नराख्ने बताए । असार १६ गते पास गरेको बजेटले विभिन्न तह र तप्कालाई छोएको र यसलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नको लागि व्यवस्थापकिय पक्ष बलियो बनाउने तयारी प्रदेश सरकारको रहेको बताए ।
उनले भने अहिलेको बजेटमा हाईड्रो पावर सञ्चालन, केन्द्रिय स्तरमा रोकेर राखेका लाईसेन्सको विषयलाई पनि अगाडी बढाउने, पुर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने,टिकापुर सडकको स्तर उन्नती गर्ने, सात नम्बर प्रदेशको भन्सारको विषय,युवा,स्वाथ्य लगायत थुप्रै कुराहरुलाई बजेटमा समेट्ने कोशीस गरेका छौँ । कृषि तथा युवा स्वरोजगार सम्बन्धी कार्यक्रमहरुलाई निकै नै प्रभावकारी तवरले अगाडी बढाउने योजना रहेको बताए ।
रोजगारिको लागि विदेशीने युवाहरुलाई कसरी विदेशीन बाट रोक्न सकिन्छ यस विषयमा छलफल गरेर शिप र क्षमता भएका युवाहरुलाई उनिहरुको क्षमताका आधारमा नागरिकताका आधारमा पनि रिण उपलब्ध गराईने बताए । सुदुर पश्चिमका विकट जिल्लाहरुमा भोकमरी हुदा त्यसका लागि पनि डिपो खडा गरेर छुट्टै तरिकाले वितरण गरिने समेत सांसद थापाले बताए । समग्र प्रदेशको विकाशका लागि स्थानिय तहहरुलाई सक्रिय बनाईने र बेला बेला अनुगमन तथा नियमन गर्दै दिगो विकाशमा प्रदेशलाई लैजाने योजना रहेको सांसद थापाले बताए ।