Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कञ्चपुरमा ६ दिनअघि हराएकी युवतीको शव भेटियो, एक पक्राउ

Monday, July 16, 2018 National Power

३२ असार, कञ्चनपुर – गत असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी एक युवतीको शव भेटिएको छ । कृष्णपुर नगरपालिका–८, आमखैयाकी १७ वर्षीय कविता विष्टको शव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको लालझाडी जंगलस्थित खोलामा फालेको अवस्थामा भेटिएको हो । उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबत्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानबहादुर सेठीले जानकारी दिए ।

उनले हत्याको आरोपमा सोही ठाउँका मदन गिरीलाई पक्राउ गरिएको सेठीको भनाइ छ । पक्राउ परेका गिरीले दिएको बयानको आधारमा यौन सम्पर्कपछि कविताले आत्महत्या गरेको बताइए पनि उनीसँगै रहेका अर्का एक जना भारततर्फ फरार भएको आशंका प्रहरीको छ । हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी सेठीले बताए ।