Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

रोनाल्डो युभेन्टस गए आश्चर्य हुन्नः बुफोन

Tuesday, July 10, 2018 National Power

२६ असार, काठमाडौं – भेट्रान गोलकिपर वुफोनले क्रिष्टियानो रोनाल्डो युभेन्टस गए आश्चर्य नहुने बताएका छन् । गत सिजन युभेन्टस छाडेका बुफोन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका छन् । ‘रोनाल्डोलाई युभेटन्टसमा देखियो भने आश्चर्य हुनेछैन’, उनले स्काई स्पोट्र्सलाई दिएको अन्तर्वार्तामा बुफोनले भनेका छन्, ‘यसले मलाई पनि खुसी बनाउनेछ किनकी युभेन्टसले आफ्नो नयाँ आइडल खोज्नुछ ।’

बुफोनले युभेन्टसमा १७ वर्ष विताए । नौ पटक इटालियन सिरी एको उपाधि उचालेका ४० वर्षीय बुफोनले पीएसजीसँग एक वर्षे सम्झौता गरेका छन् । पीएसजी आउँदा एउटा बच्चामा जस्तै आफूमा पनि उत्साह रहेको भन्दै उनले भनेका छन्, ‘म सँधै चुनौतीको खोजीमा हुन्छ । आज पेरिसमा मेरो पहिलो अभ्यास भयो । नयाँ भाषामा सम्वाद गर्न पाउँदा रमाइलो हुँदो रहेछ ।’ आफू अझै महान गोलकिपर भएको प्रमाणित गर्न चाहेको पनि बुफोनले बताएका छन् ।