Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

रोनाल्डो युभेन्टस गए आश्चर्य हुन्नः बुफोन

Tuesday, July 10, 2018 National Power

२६ असार, काठमाडौं – भेट्रान गोलकिपर वुफोनले क्रिष्टियानो रोनाल्डो युभेन्टस गए आश्चर्य नहुने बताएका छन् । गत सिजन युभेन्टस छाडेका बुफोन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका छन् । ‘रोनाल्डोलाई युभेटन्टसमा देखियो भने आश्चर्य हुनेछैन’, उनले स्काई स्पोट्र्सलाई दिएको अन्तर्वार्तामा बुफोनले भनेका छन्, ‘यसले मलाई पनि खुसी बनाउनेछ किनकी युभेन्टसले आफ्नो नयाँ आइडल खोज्नुछ ।’

बुफोनले युभेन्टसमा १७ वर्ष विताए । नौ पटक इटालियन सिरी एको उपाधि उचालेका ४० वर्षीय बुफोनले पीएसजीसँग एक वर्षे सम्झौता गरेका छन् । पीएसजी आउँदा एउटा बच्चामा जस्तै आफूमा पनि उत्साह रहेको भन्दै उनले भनेका छन्, ‘म सँधै चुनौतीको खोजीमा हुन्छ । आज पेरिसमा मेरो पहिलो अभ्यास भयो । नयाँ भाषामा सम्वाद गर्न पाउँदा रमाइलो हुँदो रहेछ ।’ आफू अझै महान गोलकिपर भएको प्रमाणित गर्न चाहेको पनि बुफोनले बताएका छन् ।