एक प्रसंगबाट कथा सुरु गरौं । एक बच्चा, जसलाई आमाबुबाले अति केयर गर्छन् । बच्चाले के खायो, के खाएन, के लगायो, के लगाएन, के गर्यो, के गरेन रु सबै कुरामा उनीहरु हरक्षण निगरानी गर्छन् । आफ्नो बच्चालाई उनीहरु चिसो खानेकुरा ख्वाउँदैनन् । निल्न वा चपाउन गाह्रो हुने खानेकुरा पनि दिदैनन् । शरीरमा थोरै पसिना आयो भने लुगा परिवर्तन गरिदिन्छन् । थोरै फोहोर(मैला लाग्यो भने तुरुन्तै सफा गरिदिन्छन् ।
बच्चालाई खुला ठाउँमा छाड्दा लड्ने, चोटपटक लाग्ने भएकाले घरभित्रै खेल्ने व्यवस्था गरिदिएका छन् । त्यहाँ बच्चाका लागि खेल्ने सम्पूर्ण कुरा छन् । तर, बच्चाले त्यहाँ खेलिरहँदा उनीमाथि आमाबुबाले निगरानी गरिरहेकै हुन्छन् । यी दम्पतीले बच्चालाई यति हेरचाह गरिरहेका छन् कि, घाममा बस्दा त्यसको विकिरणको असर हुन्छ भनेर उनीहरु सधै सतर्क रहन्छन् । पानीमा खेल्दा चिसो लाग्छ भनेर त्यसो गर्न दिदैनन् । फोहोर(मैलाको सम्पर्कमा आउनै दिदैनन् । बच्चालाई सुकिलो(मुकिलो राखेका छन् । कतिसम्म भने, शौचालयमा बस्दा जीवाणुहरु सर्न सक्ने भयले बच्चालाई अलग्गै दिसा(पिसाब गराउने व्यवस्था गरिदिएका छन् ।
अब तपाईलाई लाग्न सक्छ, वाह कति सचेत अभिभावक १ तपाईंलाई यस्तो पनि लाग्न सक्छ, हरेक अभिभावकले आफ्ना बालबच्चालाई यसरी नै ख्याल गर्नुपर्छ । तर, अब बच्चाको अवस्थाबारे थाहा पाउनुहोस् । यसरी हुर्काइएको बच्चा कस्तो होला रु पक्कैपनि हृष्टपुष्ट होलान् । निरोगी होलान् । तगडा होलान् । यदि तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने, तपाईंको अनुमान मेल खाँदैन ।
यसरी अति ख्यालबिचार गरेर हुर्काइएको बच्चा अहिले ६ बर्ष पुगिसक्यो । उनी सुकिलो-मुकिलो छन् । फोहोर खेल्दैनन् । तर, थोरै फोहोर(मैलाको सम्पर्कमा आउनसाथ बिरामी हुन्छन् । उसलाई पानीले भिज्नै हुँदैन । खानेकुरामा थोरै मात्र गडबडी भयो भने, बच्चाले वान्ता गर्न थाल्छ । त्यतीमात्र होइन, बच्चाले आफ्नो काम आफै गर्न सक्दैन । सबै कुरामा आमाबुबाको भर पर्नुपर्ने हुन्छ । आमाबुबामै निर्भर हुनुपर्ने हुन्छ । के यस्तो नि हुनसक्छ रु आफ्ना बच्चालाई ख्यालबिचार गर्नु राम्रो होइन ? आफ्नो बच्चालाई ख्याल बिचार गर्नु नराम्रो भन्ने कुरा होइन । तर, त्यती नै ख्याल गर्नुपर्छ, जति आवश्यक छ । कति आवश्यक छ त रु बच्चाको आवश्यक्ता कसरी बुझ्ने ?
सरसफाईमा आवश्यक्ताभन्दा बढी ख्याल गर्दाको साइड इफेक्ट
बच्चाहरु चञ्चल हुन्छन् । उनीहरुलाई त्यस्तै रहन दिने । आफुखुसी खेल्न दिने । रमाउन दिने । पानीमा भिज्न दिने । हिलो(माटो खेलाउन दिने । रुखमा चढ्न दिने । झारपात टिप्न दिने । तर, यी सबै छुट त्यहीबेला दिन सकिन्छ, जब बच्चा स्वस्थ्य छ । उनमा कुनै किसिमको संक्रमण वा रोग छैन । बच्चालाई फोहोरमैला राख्न हुँदैन भनेको फोहोरमैलाको सम्पर्कमा आउनै दिन हुँदैन भन्ने होइन । उनीहरुलाई मनलाग्दो ढंगले खेल्न दिनुपर्छ, चाहे त्यस क्रममा लुगा मैला होस् । हिलो लागोस् । पानीले भिजोस् । किन यसो गर्ने रु रोग लाग्दैन ?
फोहोरमैला खेलेपछि उनीहरुमा खराब जीवाणुको सम्पर्कमा आउँछन् । त्यसले उनीहरुलाई असर गर्छ । यहाँसम्म ठिकै हो । बच्चाहरुले जथाभावी फोहोर खेलेपछि उनीहरुमा खराब जीवाणु फैलन्छ । तर, पछिल्लो अध्ययनले के देखाएको छ भने, बच्चालाई खराब जीवाणुको सम्पर्कमा आउनै दिनुपर्छ । किनभने, जब बच्चाको शरीर खराब जीवाणुको सम्पर्कमा आउँदैन, तब रोगप्रतिरोधात्मक क्षमता विकास हुँदैन ।
रोग प्रतिरोधात्मक क्षमताको विकास त्यहीबेला हुन्छ, जब शरीरमा खराब जीवाणुले प्रवेश गर्छ । उक्त जीवाणुलाई प्रतिरोध गर्ने क्रममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ । बच्चा जति हुर्कदै जान्छ, उनीहरुमा विभिन्न किसिमका भाइरससँग लड्ने क्षमता पनि विकास हुँदै जानुपर्छ । केही समयअघि बेलायतमा गरिएको एक अध्ययनबाट के थाहा भएको छ भने, यस्ता भाइरसको सम्पर्कमा नआउने बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन पाउँदैन । परिणामस्वरुप उनीहरु रोगी हुनपुग्छन् ।
अहिले संभ्रान्त परिवारका बच्चाहरु, जो धेरै सुख सुविधामा हुर्काएको छ, उनीहरुलाई ब्लड क्यान्सरको समस्या छ । । इन्स्िटच्युट अफ क्यान्सर रिसर्चका प्रोफेसर मेल ग्रीव्सका अनुसार सरसफाईमा विशेष ध्यान दिनाले आफ्ना बच्चालाई जीवाणु एवं ब्याक्टेरियाको पहुँचबाट टाढा राखिन्छ । यसले बच्चा सफा त हुन्छ तर उनीहरुको प्रतिरक्षा प्रणालीमा जीवाणु एवं ब्याक्टेरियासँग लड्ने क्षमता विकास हुन पाउँदैन ।
उन्मुक्त खेल्न दिनुहोस्
बच्चाले हिलो, माटो, धुलो, पानी खेलेपछि उनीहरु खराब जीवाणुको सम्पर्कमा आउँछन् । यस्तो जीवाणुबाट रक्षा गर्नका लागि शरीरमा प्रतिरक्षा प्रणालीको भूमिका हुन्छ । जति लड्यो, जति जुध्यो, यो उत्तिनै विकास हुँदै जान्छ । बच्चाहरु आफुखुसी खेल्दा लड्छन्, पछारिन्छन्, उठ्छन्, दौडन्छन्, उप्रmन्छन् । यसले उनीहरुको मांसपेशी, हड्डीको विकास समुचित ढंगले हुन्छ । रक्तप्रवाह हुन्छ । शरीरमा अक्सिजनको मात्रा पुग्छ । यसको नतिजा के हुन्छ भने, उनीहरु निरोगी, बलियो हुन्छन् । सानोतिनो रोगलाई सजिलै पचाउने क्षमता बढ्छ । त्यसैले बच्चालाई आफ्नो निगरानीमा राखेर कोठाभित्र खेल्न दिनुभन्दा बाहिर आफुखुसी खेल्न दिनु राम्रो हो ।
अभिभावकको भ्रम र बच्चाको स्वास्थ्य
अहिले हामी के ठान्छौं भने, बच्चालाई सुख-सुविधा दिएर हुर्काउनुपर्छ । उनीहरुलाई फोहोर(मैलो खेल्न दिनु हुँदैन । सरसफाईमा ध्यान दिनुपर्छ । तर, बच्चालाई बच्चा जस्तै पनि हुन दिनुपर्छ । हामी के गर्छौं भने, बच्चालाई सुख-सुविधा दिने भ्रममा उनीहरुमाथि आफ्नो विचार, आफ्नो नियन्त्रण लादिरहेका हुन्छौं । हरक्षण उनीहरुको निगरानी गर्छौं । उनीहरुलाई यसो गर, उसो नगर, यो खाउ, त्यो नखाउ,भनिरहेका हुन्छौं । तर, हाम्रो यस्तै व्यवहारले उनीहरुको बालापन खोसिन्छ भन्ने कुरा हेक्का राख्दैनौं । बच्चालाई पनि आफु जस्तै बनाउन खोज्छौं । मेरो बच्चा भलाद्मी होस्, ज्ञानी होस् भन्ने अपेक्षा राख्छौं । जबकी बच्चाको प्रकृति त्यस्तो हुँदैन, जस्तो हामी अपेक्षा गर्छौं ।
बालापनमा रमाउन दिने
बच्चाहरु जिज्ञासु हुन्छन् । उनीहरुले उन्मुक्त खेल्न, रमाउन चाहन्छन् । चित्त नबुझेको कुरामा तत्काल प्रतिक्रिया दिन्छन् । जे देख्यो, त्यही भन्छन् । जे मनमा आयो, त्यही गर्छन् । तर, हामी उनीहरुको यो वालापनमा लगाम लगाइदिन्छौं । आफुले चाहेजस्तो मात्र गर्न छुट दिन्छौं । त्यो पनि बच्चालाई सुख सुविधा दिने भ्रममा । हाम्रो यही भ्रमले गर्दा अहिले धेरैजसो बच्चाहरुले आफ्नोपन गुमाएका छन् । उनीहरु उन्मुक्त खेल्न, रमाउन पाइरहेका छैनन् । सानै बच्चामा हामी परिपक्कता खोज्छौं । त्यही कारण अहिलेका धेरै बच्चा, बच्चा जस्ता छैनन् । बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । उनीहरुलाई आफुखुसी खेल्न दिनुपर्छ । रमाउन दिनुपर्छ ।
प्रकृतिको नजिक लानुहोस्
बच्चालाई स्वस्थ्य राख्ने, सक्षम राख्ने हो भने, जतिसक्दो प्रकृतिसँग घुलमिल हुन दिनुपर्छ । उनीहरुलाई कुनै खोलामा लानुहोस्, जंगलमा लानुहोस् । हावापानीमा रमाउन दिनुहोस् । रुख, बोटबिरुवासँग खेल्न दिनुहोस् । चउरमा लडिबुडी खेल्न दिनुहोस् । धुलो, माटोमा खेल्न दिनुहोस् । उनीहरुलाई खेतबारीमा लानुहोस् । धान रोप्न दिनुहोस् । माछा समात्न सिकाउनुहोस् । अप्राकृतिक खानेकुरा, अप्राकृतिक जीवनशैलीबाटै टाढै राख्ने प्रयास गर्नुहोस् । यसबाट उनीहरुको स्वास्थ्य राम्रो हुने मात्र होइन, जीवनोपयोगी ज्ञान पनि आर्जन गर्छन् ।