Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

अजयको सानिवा खाप्चाये अव वजारमा

Sunday, July 8, 2018 National Power

काठमाडौं – कवि, गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले आफ्नो सानीवा एल्बममा रहेकोे किराँती कुलुङ भाषिक गीत ‘सानीवा खाप्चाये मीक्वा हुप्स्चाये’ नामक बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । उनले असार २३ गते शनिबारको दिन ७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङको हातबाट कुलु गुस्खमको कार्यालय सरस्वतीनगर, काठमाडौंमा सार्बजनिक गराएका हुन ।

श्रष्टा अजय अलङ्कारले यस गीतलाई २०७१ सालमै आफ्नो पाँचौ कोशेली स्वरुप बजारमा ल्याईसकेका थिए । भाषा(भाषीको गीत भएको कारण अरुले भिडियो नगर्ने र आफैले नै आर्थिक देखि लिएर सबै कुराको म्यानेज गर्नु परेकोले म्युजिक भिडियो बन्न ढिला भएको उनले बताए । यस गीतमा शब्द सङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गरेका छन ।

आभा मुकारुङको स्वर रहेको यस गीतमा रिना लिम्बू , सृजन कुलुङ, फैलीमाया कुलुङ (अजयको आमा) र, अजय अलङकार स्वयंकै फिचरिङ रहेको छ । यस गीतको छायांकन दिपक चाम्लिङले गरेका छन, भने सम्पादन सृजन कुलुङले गरेका छन । भिडियोको निर्देशन अजय अलङकार र दिपक चाम्लिङ दुवै जनाले गरेको सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो ।