Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

SEE मा साउथवेष्टर्न स्कुलका चार विद्यार्थीले ल्याए G.P.A. -4

Monday, June 25, 2018 National Power

काठमाण्डौं – काठमाण्डौंको गोङ्गबु स्थित सउथवेस्टन स्कुलका चार जना विद्यार्थीले २०७४ सालको माध्यामिक शिक्षा परीक्षामा चार जी. पी. ए. प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट शनिबार प्रकाशित नतिजाअनुसार यस विद्यालयका छात्रा रोजिना ढकाल, छात्र आयुष अधिकारी, छात्रा विना बरुवाल र रुवी श्रेष्ठले उक्त नतिजा हात पारेका हुन् । विद्यालयबाट परीक्षामा संलग्न ९६ विद्यार्थीमध्ये २४ जना ए प्लस र ३९ जना ए ग्रेडमा उत्तीर्ण भएका छन् ।

चार जनाले जी. पी. ए.४.००, एक जनाले जी. पी. ए. ३.९५ र पाँच जनाले जी. पी. ए. ३.९० प्राप्त गरेको यो नतिजा देसकै उत्कृष्ट नतिजामध्ये एक भएको दावी विद्यालयका माध्यामिक तह संयोजक कुमार के. सी. कोे रहेको छ । ‘एन. पी. एन. न्युज अवार्ड २०७४’ मा उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्राप्त गर्न सफल विद्यालयका प्रिन्सिपल श्री मनोज आचार्य विद्यालयले प्राप्त गरेको नतिजाको श्रेय अभिभावक र शिक्षकहरूलाई दिनुहुन्छ ।

विद्यालयले दिएको समय तालिकाअनुसार अध्ययन गरेकाले सफलता प्राप्त गरेको भनाइ अभिभावकको रहेको छ ।