Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आइतबारको विदेशी मुद्राको विनिमयदर : अमेरीकी डलरदेखि कुवेती दिनारसम्मको कति छ ?

Sunday, June 24, 2018 National Power

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरीकी डलरको खरिददर १०८.२४ रुपैयाँ र बिक्रीदर १०८.८४ रुपैयाँ तोकेको छ । यस्तै युरोपियन एक युरोको खरिददर १२५.९९ रुपैयाँ र बिक्रीदर १२६.६८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३.७६ रुपैयाँ छ भने बिक्रीदर १४४.५६ रुपैयाँ रहेको छ ।

साउदी अरेबियन एक रियालको खरिददर २८.८६ रुपैयाँ र बिक्रीदर २९.०२ रुपैयाँ रहेको छ । कतारी एक रियालको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.८९ रुपैयाँ रहेको छ । यस्तै युएइ एक दिहरामको खरिददर २९.४७ रुपैयाँ छ भने बिक्रीदर २९.६३ रुपैयाँ रहेको छ । मलेसियन एक रिङ्गिटको खरिददर २७.०४ रुपैयाँ र बिक्रीदर २७.१९ रुपैयाँ छ ।

यसैगरी जापानीज १० यनको खरिददर ९.८३ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ छ । कुवेती एक दिनारको खरिददर ३५७.७ रुपैयाँ र बिक्रीदर ३५९.७५ रुपैयाँ रहेको छ ।