Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

पहिलो मानिसको स्वास्थ्य हो त्यसपछि तपसिलका कुरा आउँछन् – मेघा अस्पताल

Wednesday, June 20, 2018 National Power

काठमाण्डौ – ललितपुर स्थित धोविखोला नजिके रहेको मेघा अस्पताल छिल्ला दिनहरुमा सर्वसाधरणको आशाको केन्द्र बन्न थालेको छ । यतिवेला देशमा मेडिकल सेवा महङगो भइरहेको छ त्यस माथी निजी अस्पातालको त के कुरा दुई दुना तीस हुन्छ र जनताहरु निजीमा उपचार गर्न नसकी सरकारी असपालको लाईन वस्नु पर्छ निको हुनको लागी तै पनि कति विमारी सर्वसाधरणहरुको पालो आउँदा उनिहरुको मृत्यू भएको २/३ वर्ष भैसकेको हुनेछ यसरी सरकारी असपतालको ढिलासुस्ती र आफन्तवादको पिरलोलाई पछिल्लो समयमा मेघा अस्पतालले केहि मात्रमा भए पनि पुरा गर्ने कोशिस गरेको छ, यसको जव्लन्त उदाहरण हो पछिल्लो समयमा अस्पतालमा लागेको सर्वसाधरणको भिड पनि ।


विगत लामो समय देखि जनताको सेवा गर्दै आईरहेको अस्पतालले गरिव तथा विपन्न वर्गका मानिसहरुलाई उपचार सेवा सुविधामा छुट तथा सहुलियत दिदै आईरहेको छ । नेपाली भुभागमा रहने गरिवीको रेखामुनि रहेका सर्वसाधारणलाई अस्पतालको तर्फबाट दिईने सेवा र सुविधाहरुमा कुनै कसर बाँकी नराख्ने अस्पतालका निर्देशक किशोर जंग राणाले बताएका छन् ।

अस्पतालले गरिव ,विपन्न तथा पिछडिएका वर्गका नागरिकलाइ उपचार, सेवा, सुविधामा छुट तथा सहुलियत दिदै आईरहेको मेघा अस्पतालका प्रबन्ध निर्देशक तथा अध्यक्ष किशोर जंग राणा भन्छन् – “पहिलो मानिसको स्वास्थ्य हो त्यसपछि तपसिलका कुरा आउँछन् ।”

भने पछि उपचार पछि लामो फेहरिस्त सहितको तमसुक कागजमा जस्तो विलपनि हेर्दै तर्सनी होला नी भन्ने प्रश्नमा निर्देशक राणा भन्छन् – ” हामी कहाँ सवै प्रकारका विमारी आउँछन् अस्पतालको नियमानुसार आउने विल सक्नेले तिर्छन तर नसक्नेलाई हामीले निः शुल्क उपचार गराएको रर्कड पनि छ फेरी यो निजी अस्पताल भएपनि पनि हामी कहाँ सर्वसुलभमा उपचार हुन्छ ।”

अस्पतालका विशेष सल्लाहकार एवं संरक्षककाका रुपमा अध्यात्मिक गुरुको रुपमा परिचित शिवतान्त्रिक गुरुले तन्त्र मन्त्रमा बिश्वास गर्नेहरुलाई पनि सहज रुपमा अस्पताल जान सल्लाह दिई रहेका छन् ।

काठमाण्डौ उपत्यकाका अलवा विभिन्न जिल्ला बाट पनि सेवाग्राही जो गरिवीको रेखामुनि रहेका हुन्छन ति सर्वसाधारणलाई मेघा अस्पतालको तर्फबाट दिईने सेवा र सुविधाहरु सर्वसुलभ रुपमा दिइरहेको अस्पताल श्रोतले बताएको छ ।


Kamala Joshi
Editor
Power News National  Magazine