Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

विख्यात न्यूरोसर्जन डा. देवकोटा रहेनन्

Tuesday, June 19, 2018 National Power

५ असार,काठमाडौँ – वरिष्ठ न्यूरोसर्जन डा.उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

उहाँहरु सबैले राज्यले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय व्यक्तित्व गुमाएको र डा . देवकोटाको अभावलाई परिपूर्ति गर्न देशलाई वर्षौँ लाग्ने प्रतिक्रिया दिनुभयो । डा. देवकोटाको आजै दाहसंस्कार गरिने बताइएको छ ।