४ असार, काठमाण्डौ – जेष्ठ नागरिक माथि हुने दुव्र्यवहार विरुद्धको अन्तराष्ट्रिय सचेतना दिवस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गत शुक्रबार राजधानी स्थित भृकुटी मण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ ।
महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्कृति विद सत्य मोहन जोशी,राष्ट्र कवी माधव प्रसाद घिमिरे,जेष्ठ साँसद महन्त ठाकुरलाई जेष्ठ नागरिक सम्मानद्धारा सम्मानित गरिएको थियो ।
अन्तराष्ट्रिय सचेतना दिवसको अवसर पारेर सम्पन्न गरेको उक्त कार्यक्रममा ईयर बुक अफ सिनियर सिटिजन नामक कितावको विमोचन समेत गरिएको थियो । जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुले कार्यक्रमका बारेमा बोलेका थिए ।