Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

बाँदरका कारण किसानको खेतमै बास

Thursday, May 31, 2018 National Power

१७ जेठ, खोटाङ – पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् ।

गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही खान नपाएपछि गाउँ पसेको बाँदरले अहिले मकै नष्ट गर्न थालेको स्थानीय पदम हिङमाङले जानकारी दिए । ‘बाँदरले घरमा राखेको मकै समेत खाने गरेको छ,’ उनले भने । साप्सु खोलादेखि सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकैमाथि छहरे खोला र खरबारी ठाडो खोल्सी हुँदै पिप्लेसम्म बाँदरको विगविगी बढेको छ । माछाटोल हुँदै मार्सेमा पनि बाँदरको उस्तै विगविगी बढेको छ ।

बाँदरले क्षति गरेपछि स्थानीयवासीले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने वा क्षतिपूर्तिी दिनुपर्ने माग गर्दैआएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदरले क्षति पु¥याउने गरेको छ ।