Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

हठात मनस्थितिको सरकारले कलाकार्मी माथी अन्याय गर्यो : नेपाल सांस्कृतिक संघ

Wednesday, May 30, 2018 National Power

काठमाण्डौ : नेपाल सरकारले वजेट भाषणको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्द्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानलाई एकै ठाउँमा गाभ्ने निर्णयको विरोध गर्दै नेपाली काँग्रेस समर्थित नेपाल सांस्कृतिक संघले एक विज्ञप्ति जारी गरेको छ ।

भर्खरै देश संघिय संरचना तर्फ गैरहेको अवस्थामा नेपालका प्राज्ञिक क्षेत्रलाई एकै ठाउँमा गाभ्ने कार्य ठिक नभएको विज्ञप्तिले औल्याएको छ ।

सभापति तीर्थ बहादुर थापा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ नेपाल वहुभाषिक, सांस्कृतिक देश भएको हुँदा यथासिघ्र सरकारले आफ्नो निर्णय फिर्ता लिई कलाकर्मीहरुको सम्मान गर्नमा जोड दिएको वताईएको छ ।