Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

गणतन्त्र दिवस !

Tuesday, May 29, 2018 National Power

१५ जेठ, काठमाडौं – मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।

सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तथापि, प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र दिवसको अवसरमा बिहानैदेखि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले मंगलबार बिहान राजधानीमा प्रभातफेरि गरेको छ ।