Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

८२ हजारले कोरियन भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

Sunday, May 27, 2018 National Power

१३ जेठ, काठमाडौं – सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले  जानकारी दिए ।

यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताए । उनले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गरे । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन नपाइने उनले बतए ।

यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ । यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताए । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको फर्म यस वर्ष रद्ध गरिएको जानकारी दिए । ‘३ वर्षसम्म त्यस्ता परीक्षार्थी अन्य भिसामा पनि कोरिया जान पाउँदैनन्,’ उनले भने,’परीक्षालाई मर्यादित र व्यवस्थित गर्न हामी गागिरहेका छौं ।’