Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

८२ हजारले कोरियन भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

Sunday, May 27, 2018 National Power

१३ जेठ, काठमाडौं – सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले  जानकारी दिए ।

यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताए । उनले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गरे । दुईमध्ये एउटा मात्रै छुटेमा पनि परीक्षा दिन नपाइने उनले बतए ।

यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ । यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताए । उनले गतवर्ष विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको फर्म यस वर्ष रद्ध गरिएको जानकारी दिए । ‘३ वर्षसम्म त्यस्ता परीक्षार्थी अन्य भिसामा पनि कोरिया जान पाउँदैनन्,’ उनले भने,’परीक्षालाई मर्यादित र व्यवस्थित गर्न हामी गागिरहेका छौं ।’