Saturday 31st July 2021

    खिर खाएर साउन १५ मनाइँदै    बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु    जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार    एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली    शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

नेपाल तरुण दलका सभापति पक्राउ

Saturday, May 26, 2018 National Power

काठमाण्डौ – नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्दी गरेको आरोपमा शुक्रबार राति नौ बजे पक्राउ परेका हुन्।

इटहरी वडा नं. २० मा तीर्थकुमारी गिरीसँग गुरुङको जग्गाका विषयमा केही वर्षदेखि किचलो रहेको थियो। त्यही जग्गा अमीन ल्याएर नापी गर्ने क्रममा शुक्रबार दिउँसो गुरुङका आफन्त सुरेश राईंले तीर्थका छोरा दिलबहादुरलाई एक झापड हानेका थिए । त्यसपछि दुई जनाबीच हात हालाहालको स्थिति भएको थियो ।

गिरी परिवारको उजुरीका आधारमा गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरी निरीक्षक राजन कार्कीका अनुसार, त्यो घटनामा संलग्न भएका अन्य केही व्यीक्त भने फरार छन्। गुरुङ्लाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।