Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अझै अन्ठाउन्न प्रतिशत असुरक्षित गर्भपतन

Friday, May 25, 2018 National Power

११ जेठ,काठमाडौँ- सुरक्षित गर्भपतन ऐनले मान्यता पाएको १६ वर्षपछि पनि ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराइरहेका छन् । प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहले बिहीवार आयोजना गरेको सुरक्षित गर्भपतनमा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक भएको हो ।
नेशनल डेमोग्राफिक एण्ड हेल्थ सर्वे ९एनडिएचएस–२०१६० का अनुसार नेपालमा प्रतिवर्ष तीन लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् र त्यसमध्ये ५८ प्रतिशतले अझै पनि असुरक्षित गर्भपतन गराइरहेका छन् ।
२०५९ साल असोज १० गते मुलुकी ऐनको ११ औं संशोधनले सुरक्षित गर्भपतन गर्न कानुनी मान्यता दिएको थियो ।
ऐनमा बलात्कार वा हाडनाता करणीबाट रहेको १८ हप्तासम्मको गर्भ, महिलाको ज्यान जोखिममा पर्न सक्ने अवस्था, सन्तान विकलाङ्ग जन्मन सक्ने अवस्था र अनिच्छित गर्भ रहेको अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउने उल्लेख छ ।
कार्यक्रममा स्वास्थ्य अधिकारकर्मी डा।माधवी बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्दै असुरक्षित गर्भपतनबाट महिलाको ज्यानै जोखिममा पर्न सक्छ भन्नभुयो । यो सेवाले मान्यता पाएको धेरै भएपनि सही सूचना र जागरणको अभावमा महिलाले अझै पनि ज्यान जोखिममा पार्नु दुःखलाग्दो कुरा हो, यसप्रति सञ्चारमाध्यमले सकारात्मक जागरण ल्याउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
त्यस अवसरमा प्रजनन स्वास्थ्य सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा मिडिया एडवोकेसी गु्रुपका अध्यक्ष बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै सुरक्षित गर्भपतन सम्बन्धी सकारात्मक प्रभावका समाचार सम्प्रेषण जरुरी भएको बताउनुभउयो
कार्यक्रममा अधिवक्ता नविन श्रेष्ठले नेपालको संविधान २०७२ ले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई महिलाको मौलिक हकको रूपमा उल्लेख गरेको स्पष्ट गर्नुभयो ।