८ जेठ विराटनगर – जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।
बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।