Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गीतकार तामाङको नजि भएर पनि

Tuesday, May 22, 2018 National Power

एक हातमा बन्दुक र अर्को हातमा कलम बोकेर समाज र राष्ट्रको लागि समर्पित छन् , गीतकार टेक तामाङ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा कार्यरत तामाङले पछिल्लो कोसेली स्वरुप आधुनिक गीत नजिक यति भएर पनि पस्केका छन् ।

लोक, भजन, राष्ट्रिय, गजल, सेलो र आधुनिक गरि करिब १ हजार जति शब्द रचना गरिसकेका छन् , तामाङले । यस आधुनिक गीतमा चर्चित गायिका मेलिना राईले आफ्नो कोकिला स्वर दिएकी छन् । कन्काइष्ट राईले संगीत भरेका यस गीतमा जीवन संघर्ष र वैदेशिक रोजगारीले एक प्रेमिका जोडी अलग्गिएको देखाइएको छ । र पनि मायालुले आफ्नो वह पोखेका छन्  ।

धेरै बहार आए गए उस्तै रह्यौं हामी टाढा रहेर पनि नजिक सधैं तिमी भनेर प्रेमिकालाई भनेका छन् । केही बर्ष बिछोडिएको प्रेमि जोडी भेट हुँदाखेरी मायालुले आफ्नो सामिप्यता जहिल्यै रहेको बताउँछिन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा वर्षा शिवाकोटी र कमल सिंहले अभिनय गरेका छन् । सहास शाक्यको एरेन्जरमा तयार भएको उक्त गीतलाई बुद्ध थापाले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।