Thursday 21st October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

दमक–७ का वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते

Monday, May 21, 2018 National Power

७ जेठ, झापा – जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ । बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

बम इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । यहीबीचमा पौडेल निवासमा बम विस्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।