Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

नेकपाको ब्यानरमा वेपत्ता योद्धा दिवस मनाइँदै

Monday, May 21, 2018 National Power

७ जेठ, काठमाडौं – तत्कालीन माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता योद्धा दिवस आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनाउँदै छ ।तत्कालीन एमाले र माओवादी एकीकरणपछि नेकपाको ब्यानरमा मनाउन लागिएको यो पहिलो दिवस हो । दिवसको अवसरमा दिउँसो एक बजे पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रममा बोलाइएको छ । तर ओली सहभागी हुने–नहुने टुंगो लागिसकेको छैन । नेकपाका नेता प्रह्लाद बुढाथोकीले भने, ‘कार्यक्रममा प्रधानमन्त्रीले आउने कोशिस गर्छु भन्नु भएको छ । यदि भ्याउनु भएन भने अरु कोही वरिष्ठ नेता आउनुहुन्छ ।’

२०५६ जेठ ७ गते नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेबहालबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएर वेपत्ता पारेको दिनलाई स्मरण गर्दै माओवादीहरुले वेपत्ता योद्धा दिवस मनाउने गरेका छन् ।

माओवादी जनयुद्धको क्रममा माओवादीहरु एक हजार बढी वेपत्ता भएका छन् । उनीहरुको अवस्था सरकारले सार्वजनिक गर्न सकेको छैन । यसैगरी १८ हजारभन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकाका परिवारलाई १० लाख र वेपत्ता परिवारलाई ५ लाख रुपैयाँ दिने निर्णय यसअघिका सरकारले गरेका छन् ।