बैशाख २५, काभ्रे – पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको सिमानामा पर्ने सुनकोशी खोलामा अबैध बालुवा उत्खनन जनप्रतिनिधि निर्वाचित भईसकेको अवस्थामा कानुन नबनेको र अधिकार स्थानीय सरकारलाई प्राप्त भईनसकेको संक्रमणकालिन फाईदा उठाउँदै खोलामा अबैध बालुवा उत्खन गरि खोलामै क्रसर शुरु गरिएको छ ।
‘सुनकोशी खोलाको वातावरणी मुल्यांकन भएको क्षेत्रको सामाग्री उत्खनन गर्ने गरी समानान्तर रोडा ढुंगा उद्योग शुरु गरेको फेला परेको छ।अबैध रुपमा उत्खनन भएको बालुवा विक्री कर वापत ठ सय , निकासी कर वापत १ हजार, बाटो कर बापत ३ सय ५० र १३ प्रतिशत राजश्व कर संकलन हुने गरको स्थानीय एक ब्याक्तीले जानकारी दिनुभयो ।
भुम्लु गाउँपालिका ६ कलाँतीमा रहेको सुनकोशी खोलाबाट दैनिक २० ट्रक भन्दा धेरै बालुवा चोरी निकासी भईरहेको छ । छिमेकी देश भारतका मजदुर राखी राति राति स्काभेटर प्रयोग गरेर उक्त स्थानको बालुवा चोरी भईरहेको छ । वातावरणीय मुल्यांकन समेत नगरेको उक्त क्षेत्रको बालुवा चोरी हुँदा समेत प्रशासन मौन छ । जनप्रतिनिधिहरुले उक्त क्षेत्रबाट प्रति ट्रक एक हजार रुपैया कर लिएर बालुवा पठाउने गरेको भए पनि कानुनी रुपमा उसले प्रकृया पु¥याएको छैन ।
बार्षिक प्राप्त हुने करोडौ राजश्व त गुमेकै छ त्यो भन्दा धेरै प्राकृतिक श्रोतको दोहनमा स्थानीय सरकार समेत समाहित भएको छ । पाँचखालको कोशिदेखा, तेमालको सरमथली, भुम्लुको दोलालघाट, मण्डनदेउपुरको इन्द्रावती लगायतका क्षेत्रमा पछिल्लो समयमा भएको प्राकृतिक श्रोतको दोहनमा जनप्रतिनिधि प्रशासनको असहयोगका कारण रमिते बन्न बाध्य भएका छन् ।
जनप्रतिनिधिले भुकम्प पीडितहरुका लागि एक हजार रुपैया राजश्व लिएर विक्री गरेको बालुवा २९ हजार रुपैयामा विक्री भईरहेको छ । सुनकोशी र इन्द्रावती धमिलो भएको छ । धमिलो खोलाका कारण खोलामा पाईने माछा मर्न थालेका छन् काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने प्राकृतिक श्रोतको दिनदहाडै दोहन भईरहेको छ
अरबिन्द्र गौतम
काभ्रे