Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

“यहाँ घाउहरु बल्झी दिए” को प्रोमो सार्वजनिक

Monday, May 7, 2018 National Power

काठमाण्डौ – युवा निर्देशक जशु याख्खाद्वारा निर्देशन गरिएको गीत “यहाँ घाउहरु बल्झी दिए” बोलको गीतको प्रोमो हिजो मात्र निश्चल प्रेम राइको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ ।


गीत जति राम्रो छ उतिनै राम्रो भिडियो भएको जानाकारी निर्देशक जशु याख्खाले दिएका छन् । गितको पूरा शब्दलाइ अङ्ग्रेजीमा अनुबाद गरि अन्तरास्ट्रिय स्तरको भिडियो बनाएका छन । कोरियामा निर्देशनको विभिन्न पाठहरू सिकेर नेपाल आएका नवनिर्देशक जशु याख्खाले यो गितको भिडियो पनि कोरियन स्टाइलमा ल्याएका छन् ।

यो गीतका मीठो शब्द संगीत गायक तथा संगीतकार निश्चल प्रेम राई ले भर्नुभएको हो । नेपालको सबै भन्दा ठूलो रियालिटी शो नेपाली तारामा टप ७ मा पर्न सफल बिनोद राईले स्वर दिएका छन् भने यस गीतमा एरेन्जर शिला बा मोक्तानको रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको छ गीतलाई अमृत चापागाइले सम्पादन गरेको छन् ।

भर्खरै विभिन्न मुभी तथा गितको भिडियोमा अभिनय गर्दै गरेकी मोडल आयुसा लिम्बु खिम र रिजेन थेबे को सुन्दर जोडि साथै अन्य थुप्रै मोडल हरुको प्रस्तुती पनि रहेको छ । यस गीतका निर्देशकले पूरा भिडियो छिट्टै नै सार्वजनिक गरिने वताएका छन्

 

“यहाँ घाउहरु बल्झी दिए” को प्रोमो