Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

दुर्घटनाका घाइतेको उपचार गराउन सक्दैनौं : यातायात व्यवसायी

Monday, May 7, 2018 National Power

२४ वैशाख, काठमाडौं – सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले  बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन्  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’

यातायात व्यवसायीले आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।

यातायातमन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुंग्याउने बताए ।उनले यातायात क्षत्रेमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई(टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताए ।