Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

साढे ३३ केजी सुन प्रकरणका अभियुक्तको बयान सुरु

Thursday, May 3, 2018 National Power

२० वैशाख, विराटनगर – साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बिहीबारबाट बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो ।

उक्त इजलास जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको हो । जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकका अनुसार नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचराी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ ।

यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिउको थियो । प्रतिवादी मध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।