Tuesday 3rd August 2021

    तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रुखलाई चौतारोका रुपामा परिणत    सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ: राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक

पति- पत्नीमा किन हुन्छ झगडा, के छ समधान र ?

Wednesday, May 2, 2018 National Power

संभवत धेरैजसो पति-पत्नीबीच मनमुटाव भइरहन्छ । ठाकठुक परिरहन्छ । कहिले को नबोल्ने, कहिले खाना नखाने । अक्सर दम्पतीबीच यस्तो नोंकझोक चलिरहन्छ । पति-पत्नीबीच किन झगडा हुन्छ रु किन ठाकठुक परिरहन्छ रु

किन झगडा हुन्छ ?

हरेक मान्छेको आ-आफ्नै स्वभाव हुन्छ । आफ्नै प्रवृत्ति हुन्छ । बोली-व्यवहार भिन्न हुन्छ । इच्छा फरक हुन्छ । सोंच-चिन्तन फरक हुनसक्छ ।यसरी फरक-फरक सोंच, प्रवृत्ति, इच्छा भएका दुई व्यक्ति जब एक ठाउँमा उभिन्छन्, उनीहरुबीच मतभिन्नता हुनु स्वभाविक हो । आपसमा कुराहरु बाझिन सक्छ । इच्छाहरु बाझिन सक्छ । एउटै कुरालाई हेर्ने फरक दृष्टिकोण बन्न सक्छ ।

आपसमा कुराहरु बाझिन्छन्

अक्सर पति-पत्नीबीच मनमुटाव हुनु वा भनाभन हुनुको कारण यही हो । पतिले जे सोच्छन्, पत्नीलाई त्यो सही लाग्छ भन्ने छैन । पत्नीले जे गर्छिन्, पतिलाई त्यो मन पर्छ भन्ने छैन । यस्तो अवस्थामा उनीहरुको कुरा आपसमा बाझिन सक्छ ।

सामान्य झगडा स्वभाविक

स्वतन्त्र रुपमा आ-आफ्नै मर्जीको जीवन भोगिरहेका महिला र पुरुष जब विवाह गरेर एक हुन्छन्, उनीहरुमा दायित्व बढ्छ । पतिले पत्नीका लागि र पत्नीले पतिका लागि आफ्नो खुसी, इच्छा, समय साझेदार गर्नुपर्छ । साथसाथै पारिवारिक जिम्मेवारी थपिन्छ । सबै कुरामा आफुखुसी गर्न पाइदैन । आफुखुसी निर्णयहरु गर्न छुट हुँदैन । यस्तो अवस्थामा एकअर्कामा ठाकठुक पर्नु स्वभाविक हो ।

विभिन्न अध्ययनहरुले पनि के देखाएको छ भने, पति(पत्नीबीच झगडा भइरहन्छ । मनमुटाव नहुने, झै(झगडा नगर्ने, आपसमा गुनासो नभएका आदर्श दम्पति अपवाद मात्र हुनसक्छन् ।

तर, गम्भीर नतिजा

कहिले काहिँ झैझगडा हुनु सामान्य हो । मनमुटाव हुनु, भनाभन हुनुलाई पनि अन्याथा लिन सकिदैन । यद्यपी यस्तो झैझगडा दिनदिनै हुने र त्यसको कारण उनीहरुको घरासयी वातावरण नै बिथोलिन थाल्यो भने, त्यसले गंभिर रुप लिनसक्छ । पति-पत्नीबीच मात्र होइन, यसले परिवारलाई समेत गम्भीर असर पार्छ । खासगरी उनीहरुका बच्चालाई यसले नकारात्मक असर पुर्‍याउँछ । आमाबुबाबीच दिनदिनै झगडा भएमा बच्चाहरुले त्यसको मानसिक पीडा झेल्नुपर्छ ।

आफ्नो अडान नछाड्ने प्रवृत्ति

पति पत्नीमा व्यवहारिक कारणले वा घर-व्यवहारको कारणले मात्र झगडा हुँदैन । यसमा उनीहरुको प्रवृत्ति पनि जिम्मेवार हुन्छ । खासमा पति पत्नी झै-झगडा गरिरहनुमा उनीहरुको अहंम्, दम्भ वा एकअर्कासँग नझुक्ने, नहार्ने प्रवृत्ति पनि मूख्य हो । अक्सर पति वा पत्नी एकअर्कासँग झुक्न चाहँदैनन । कुनैपनि कुरामा विवाद भएमा उनीहरु दुबै पछि हट्न चाहदैनन् । दुबैलाई आफ्नो कुरा सही लाग्छ । आफ्नो अडान नछोड्दा पनि दम्पतीबीच झगडा हुन्छ ।

१. कतिपय पति-पत्नी अर्काको गल्ती स्विकार्न र माफ गर्न चाहँदैनन् । उनीहरु आफ्ना पार्टनरमाथि हक जमाउन खोज्छन् ।

२. एकअर्काबीच बढी अपेक्षा गर्छन् । आफ्नो अपेक्षा पुरा नहुँदा उनीहरुबीच झगडा हुन्छ ।

३. विवाहपछि सबै कुरा ठिकठाक हुन्छ भन्ने भ्रम धेरैलाई हुन्छ । तर, विवाहपछि कतिपय व्यवहारिक कठिनाइ आउन सक्छ । त्यस्ता कठिनाइलाई मिलिजुली सामाना गर्न नसक्दा पनि उनीहरुमा मनमुटाव हुन्छ ।

अब के गर्ने त ?

पति-पत्नीबीच आपसी मतभेद हुनु, मनमुटाव हुनु, ठाकठुक पर्नुलाई त्यती गंभिरतापूर्वक लिन आवश्यक छैन, जसले मनमा तुष रोपोस् । वा वदलाको भावना पैदा गरोस् । सामान्य झै-झगडा हुन्छ । त्यसले एकअर्कालाई बुझ्न, एकअर्काको चाहाना, भावना, इच्छा, आकंक्षा, प्रवृत्ति बुझ्न सघाउँछ । र, बुझ्ने प्रयास पनि गर्नुपर्छ । पार्टनरको इच्छा, प्रवृत्ति, स्वभाव बुझिएमा त्यही अनुसार व्यवहार गर्न सकिन्छ ।

पार्टनरलाई वदला लिने भावनाले हेर्ने होइन । बरु आपसी कमजोरीहरु सुधार गर्ने बाटोमा लाग्नुपर्छ । गल्ती दुबैबाट भएको हुनसक्छ । कमजोरी दुबैमा हुनसक्छ । यस्ता गल्ती, कमजोरीलाई एकअर्काले स्विकार्ने र सुधार्ने गर्नुपर्छ । माफी दिनु नै दाम्पत्य सुखको अर्को कडी हो । पति वा पत्नीले एकअर्काको कमजोरी स्विकार्ने र माफी दिने गर्‍यो भने उनीहरुमा यस्ता मनमुटाव हुने क्रम पातलिन्छ । किनभने माफीले पार्टनरको मन पग्लिन्छ । प्रेमभाव पैदा हुन्छ ।