Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख सहयोग

Monday, April 30, 2018 National Power


१७ बैशाख,काठमाण्डौ – आफ्नो ११ वार्षिकोत्सवका अवसरमा कंगारु एजुकेशन फाउण्डेसनले धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख सहयोग हस्तान्तरण गरेको छ ।

क्रिकेट स्टेडियम निर्माणमा सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरेको कंगारु एजुकेशन फाउण्डेसनका अध्यक्ष महेशबाबु तिमिल्सिनाले जानकारी दिएका छन् ।

त्यस्तै सकेसफा गरौँ नसके फोहोर नगरौँ भन्ने मुल नाराका साथ फाउण्डेसनका कर्मचारीहरुले पुतली सडक वरपर करिव १ किलोमिटर सडक समेत सफा गरेका छन् ।

विहान ७ बजे सडक सफा गर्न सडकमा उत्रिएका कर्मचारीहरुले शंकरदेव चोक सडक हुदै पुतली सडक देखी बागबजार सम्म सडक सरसफाई गरेका छन् । आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा शुभकाना आदान प्रदान गरिएको छ ।