Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

प्रहरी प्रशासनको संरक्षणमा यसरी भइरहेको छ सुनकोशीको दोहन

Friday, April 27, 2018 National Power

१४ बैशाख, काभ्रे – प्रहरीको संरक्षणमा गुण्डानाइके गणेश लामाको समूहले सुनकोशी नदीको अत्यधिक दोहन गरेपछि पाँचखाल नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । सुनकोशी नदीको अत्यधिक दोहनले त्यस क्षेत्रका लहलह धान फल्ने मलिला फाँटहरु नै बगरमा परिणत हुने भएपछि स्थानीय जागेका छन् ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापालाई लाखौं लाख घुस दिएर नदी दोहन गरेपछि नगरपालिकाको १३ वडाका स्थानीयले तालाबन्दी गरेका हुन् । शुक्रवार प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तत्कालीन कोशीदेखा गा।बि।स हाल पाँचखाल नगरपालिका वडा न। १३ अन्तर्गत कोशीदेखाको शेराबेसी सुनकोशी नदीको लामाबगरमा गुण्डा र प्रहरी प्रशासनको मिलेमतोमा नदीको बालुवा व्यापक तस्करी हुने गरेको छ । उक्त नदीको दोहन गरी हाल दिनरात सयौं ट्रीपर बालुवा तस्करी भइरहेको छ।