१३ वैशाख, काठमाडौं – कुकुरप्रेमीहरुको संख्या नेपालमा अत्यधिक छ । घरको सुरक्षाका लागि कुकुर पाल्ने गरिए पनि कतिपयले शोखको रुपमा पाल्छन् । त्यसैले कुकुरप्रेमीलाई लक्षित गर्दै थरिथरिका नस्लका कुकुर बेच्ने क्लबहरु खुलेका छन् । कतिपय त कुकुरसँगै सुत्ने, खेल्ने पनि गर्दछन् । तर कुकुरसँगको यो घनिष्ठताले मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ ।
यस्तै भएको छ इंग्ल्याण्डको म्यानचेस्टरसिटीस्थित कोर्लटनमा बस्दै आएका डाक्टर जेको नेललाई । करिब डेढ वर्ष पहिले डा। जेको नेल स्पेनियल नस्लको आफ्नो कुकुर हार्वीका साथ खेलिरहेका थिए जब उनले आफ्नो हातमा हल्का चिथोरिएको देखे । उनले त्यसलाई सफा गरे र फेरि काममा लागे ।दुई हप्तासम्म त सबै ठीक थियो तर त्यसपछि उनमा फ्लुको जस्तै लक्षण देखियो । उनलाई थाहा थिएन के भइरहेको छ । वास्तवमा उनमा कुकुरको र्यालबाट सेप्टिसीमिया (सेप्सीस)भएको थियो ।यो एक प्रकारको संक्रमण हो । विश्वमा करिब दुई करोड व्यक्ति सेप्टिसीमियाबाट पीडित हुन्छन् । सेप्टिसीमिया संक्रमण विश्वभरमा हुने मृत्युको एक कारक हो । डा. जेको नेलको रगतमा विष फैलिएको थियो र रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको थियो । उनको मृत्यु त भएन तर उनी मृत्युको नजिक पुगेका थिए ।
एक–एक मिनेटको महत्व
नेललाई म कति हदसम्म बिरामी भएको छु भन्ने कुरा पहिले थाहै भएन । किनकि उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसैले उनी सुतेर आराम गर्न थाले । उनले भने, ‘साँझ मेरी श्रीमती घर आइन् उनले मलाई गम्भीर अवस्थामा फेला पारिन् । त्यसपछि इमर्जेन्सी उपचार सेवामा फोन गरिन् । भाग्यबस उनीहरुले मेरो वास्तविक समस्या थाहा पाए र तुरुन्त उपचार सुरु गरे ।’
सेप्टिसीमिया जति छिटो थाहा भयो, विरामी त्यति नै छिटो निको हुन्छ । यस संक्रमणमा एक–एक मिनेटको महत्व हुन्छ । जति ढीलो गरिन्छ, त्यति नै खतरा बढ्दै जान्छ । नेल भन्छन्, ‘मलाई घरमै एन्टिबायोटिक्स र अत्यावश्यक झोलिलो खानेकुरा दिएका थिए । तर पनि म इमर्जेन्सी रुममा पुग्नासाथ बेहोस भएको थिएँ ।’ त्यसपछि उनीलाई पाँच दिनसम्म आईसीयूमा राखियो किनकी उनी कोमामा गएका थिए । नेलले भने, ‘जब म होसमा आएँ, मैले देखें मेरो शरीर पूरै कालो भइसकेको थियो । रगतको थोपा अजीब तरिकाले जमेका थिए । मेरा तन्तुहरु पनि बिग्रिसकेका थिए ।’
नेलको मिर्गौला पनि फेल भइसकेका थिए । उनलाई दुई महिनासम्म डायलाइसिस गर्नुपर्यो । चार महिनासम्म अस्पतालमा बसेर उपचार गर्ने क्रममा उनका दुवै खुट्टा घुँडा मुनिबाट काटेर फाल्नुप¥यो । उनको नाकको माथिल्लो भागसमेत रहेन । नेल भन्छन्, ‘मेरा लागि यो निकै मुस्किल समय थियो । सुरुमै थाहा पाएको थिएँ कि मैले मेरा औंला र खुट्टा गुमाउँदै छु भनेर । तर मेरो अनुहार पनि यस्तो होला भनेर मैले अनुमान पनि गरेको थिएन ।’ अस्पतालमा उपचार गरेपछि पनि उनलाई खान, हिँडडुल गर्न र सास फेर्न निकै अप्ठेरो भयो । उनका ओंठमा घाउका दाग पनि बाँकी नै रहे ।
प्यारो कुकुरलाई नै मार्नु पर्यो
नेलका अनुसार यस क्रममा उनी डिप्रेसनको शिकार भए । तथापि, उनी चल्न थाले । तर जे भयो त्यो उनलाई अझै पनि यकिन हुँदैन ।नेलको अप्ठेरो यत्तिमै सीमित हुँदैन । निकै समस्या भोगेपछि पनि अर्को एउटा अप्ठेरो निर्णय लिनुपर्यो उनले । उनले आफ्नो प्यारो कुकुर हर्वीलाई मार्नुपर्यो ताकि अरु कसैलाई यस्तो संक्रमण नहोस् भनेर । अब नेलको अवस्था धेरै सुधारिएको छ । उनी कार चलाउन सक्छन् । अस्पतालले उनलार्इ कृत्रिम नाक दिएको छ तर उनी त्यसलाई लगाउँदैनन् । उनी भन्छन्, मलाई जे भयो त्यो अरु कसैसँग लुकाउन चाहँदिनँ ।