Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

इक्यानको उपाध्यक्षमा महेशबाबु तिमल्सिना निर्वाचित

Sunday, April 22, 2018 National Power

९ वैशाख ,काठमाडौँ — नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा कंगारु एजुकेशन पाउण्डेसनका प्रवन्ध निर्देशक  महेशबाबु तिमल्सिना निर्वाचित भएका छन् ।

यसैगरी  अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कूल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत पाउनुभएको थियो भने बस्नेतले १६५ मत ल्याएका थिए ।

यसैगरी महासचिवमा पाण्डे समूहबाट शेषराज भट्टराई निर्वाचित भए भने   सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भए । यस्तै सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण ( बिके) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह विजय भए । इक्यानमा पाँच जिल्ला शाखासहित करीब ५०० परामर्श केन्द्र आबद्ध रहेका छन् ।