Thursday 17th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

Sunday, April 22, 2018 National Power


९ बैशाख, काठमाडौं – म्यूजिक खबर डटकमको आयोजनामा विगत ६ वर्षअघिदेखि राजधानीमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणको गीत संगीत सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ ।

आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुन लागेको यस अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, गजल, आधुनिक गरी ३४ विधामा अवार्ड प्रदान गरिनेछ ।

बैशाख १ गतेबाट नै आवेदन खुला गरिएको यस अवार्डमा गीतसंगीत सहभागिताका लागि स्रष्टा, सर्जकहरुलाई म्यूजिक खबर हार्दिक अनुरोध गरिन्छ । गीतसंगीत दर्ताका लागि म्यूजिक खबरको कार्यालय पुतलीसडकमा ०१–४०१०५४५ मा खबर गर्न सक्नुहुनेछ ।