Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

हरेक साँझ भट्टिमा यसरी लट्ठिए सुरेश (भिडियो सहित)

Friday, April 20, 2018 National Power

काठमाण्डौ – पछिल्ला समयमा नेपाली सांगीतिक आकाशमा नयाँ नयाँ सर्जकहरुको आगमन हुन थालेको छ , कति शौकको रुपमा आएका छन् भने कति व्यवसायिक वन्ने सोचमा पनि आएका छन् ।


सुरेश सेन सिंखडा पेशाले पर्यटन व्यवसायि हुन् कामकै शिलशिलामा देश विदेश पुगीरहनु पर्दछ । व्यस्तता त आफ्नो ठाउँमा छँदैछ तथापी समय मिल्नासाथ गीतको श्रृजनाका लागी वसिहाल्छन् । उनले आफुलाई गीतकारका रुपमा चिनाउनका लागी थुप्रै गीतहरुका श्रृजना समेत गरिसकेका छन् र तिनिहरुलाई वजारमा ल्याउने कोशिश पनि गरेका छन् जस मध्ये सिंखडाको पछिल्लो गीत हो “ हरेक साँझ ” साँझ परे पछि भट्टिमा छिरेर लठ्ठ पर्ने जमातको लागी रमाईलो तरिकाले गतिलो झापड हानेका छन् गीतकार सिंखडाले ।


हाईलाईट्स् नेपालले यूटुद्यव मार्फत सार्वजानिक गरेको उक्त गीतमा विरेन्द्र गुरुङको स्वर र संगीत रहेको छ । नितिन चन्दको निर्देशनमा दिपशन शाहको सम्पादन र सुरेश नेपालीको छायांकन रहेको उक्त गीतमा अर्जुन र जुनाले अभिनय गरेका छन् ।भिन्न शैलिको गीत लेख्न रुचाउने सिंखडा यस गीतलाई श्रोता, दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेका छन् ।

भिडियो