Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

माइक्रोवेभको खानाले क्यान्सरदेखि गर्भपातसम्मको जोखिम

Thursday, April 19, 2018 National Power

कुनै बेला यस्तो समय थियो, जतिबेला मानिसहरू दाउरामा खाना पकाउँथे । समय बदलियो । मानिसको घर दाउराको स्थान ग्याँस, स्टोभ तथा माइक्रोओभनले लियो । तर तपाईहरूलाई थाहा छ, खाना पकाउन तथा तताउनका लागि प्रयोग गरिने माइक्रोओभनको प्रयोग मानव शरीरका लागि कति हानिकरक छ ?

यसको नियमित सेवनले शरीरमा विभिन्न किसिमका समस्या त निम्त्याउँछ नै । माइक्रोवेभको प्रयोग गर्भवती महिलाहरूका लागि समेत हानिकारक हुनसक्छ । एक अनुसन्धानका अनुसार माइक्रोओभनबाट खतरनाक इलेक्ट्रो म्यागनेट रेडिएसन निस्कने गर्छ, जसले गर्भमा रहेको शिशुको मस्तिष्क, मुटु तथा मांसेपशीमा असर पुर्‍याउन सक्छ भने गर्भपात समेत हुनसक्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा कमी

नियमित रूपमा माइक्रोवेभमा पकाएको खाना खानाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । परिणामस्वरूप, शरीरले विभिन्न व्याक्टेरिया वा जीवाणुका कारण हुनसक्ने संक्रमणलाई रोक्न सक्दैन व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

पौष्टिकता नष्ट हुन्छ

माइक्रोवेभमा खाना पकाउने तथा तताउनाले खानाको पौष्टिकता ६० देखि ९० प्रतिशतसम्म कम हुने गर्छ । खाद्यान्नको संरचनामा नै परिवर्तन हुने भएकाले यस्ता खाना खानाले फाइदाको सट्टा हानि पुर्‍याउने गर्छ

क्यान्सरको खतरा

माइक्रोवेभबाट उत्पन्न हुने विकीरणले दूध तथा दालमा क्यान्सरजन्य तत्वको निर्माण गर्छ । यसमा पकाइएको खानेकुुरा खानाले रगतमा क्यान्सरको कोशिकाको संख्या बढ्ने गर्छ ।

पाचन समस्या

माइक्रोवेभमा खाना पकाउदा खाना चाँडै पाक्नुका साथै कम समयमै खाना तातो त हुन्छ तर यसबाट उत्पन्न हुने हानिकारक विकीरणले खाद्य पदार्थमा यस्तो परिवर्तन गराइदिन्छ कि मानिसको पाचन प्रणालीमा गडबडी देखा पर्छ ।

चाउरीपना तथा बुढ्यौली निम्त्याउँछ

माइक्रोवेभमा कम समयमा खाना पाक्छ । जसका कारण खाद्य पदार्थको पौष्टिकता नष्ट हुने गर्छ । यस्ता खाद्य पदार्थको सेवनले असमयमै अनुहार चाउरी पर्नुका साथै समयअगावै बुढ्यौली निम्तने गर्छ । यसमा बनाएको खाना खानाले छाला सम्बन्धी क्यान्सर हुने खतरा वृद्धि हुन्छ ।

मस्तिष्कको लागि हानिकारक

माइक्रोवेभमा पकाएको खाना खाने व्यक्तिको मस्तिष्कमा समेत यसले प्रतिकूल प्रभाव पार्छ । यसले मानव मस्तिष्कमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्ने गर्छ ।

हर्मोनको गडबडी

माइक्रोवेभमा बनाएको खानाको सेवनले हर्मोन सम्बन्धी समस्या निम्तने गर्छ । माइक्रोवेभमा बनाएको खाना खानाले हर्मोनको निर्माण प्रक्रियामा असर पर्छ । यसले महिलालाई मात्र नभई पुरुषको हर्मोनलाई समेत प्रभावित पार्छ ।

एकाग्रताको कमी

नियमित रूपमा माइक्रोवेभमा बनाएको खानाको सेवन गर्नाले व्यक्तिको स्मरण शक्ति, एकाग्रता तथा वौद्धिक क्षमतामा प्रतिकूल असर पर्छ । विशेषगरी यसबाट आउने विकीरणकै कारण व्यक्तिमा एकाग्रताको कमी हुनुका साथै भावनात्मक अस्थिरता कायम हुने गर्छ ।

बच्ने उपाय

-आवश्यकता अनुसार मात्र माइक्रोवेभको प्रयोग गर्नुपर्छ । यसको प्रयोग जति कम गर्न सक्यो, स्वास्थ्यका लागि उत्ति नै फाइदाजनक हुन्छ ।

-माइक्रोवेभलाई खाना पकाउनका लागि नभचई तताउनका लागि मात्र उपयोग गरौ ।

-माइक्रोवेभमा खाना तताउँदा सकेसम्म कम खोल्नुपर्छ । अन्यथा यसको हानीकारक विकीरणले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

-यसको प्रयोग गर्दा टाढै बस्नुपर्छ किनभने यसको विकीरण १२ सेन्टीमिटर टाढासम्म फैलन्छ ।

-ओभन पुरानो भइसकेको छ भने यसको नियमित जाँच गर्नुपर्छ ।