Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

एथलेटिको मड्रिड र आर्सनल सेमिफाइनलमा

Friday, April 13, 2018 National Power

३० चैत, काठमाडौं – एथलेटिको मड्रिडले युरोपा लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति क्वाटरफाइनलको दोस्रो लेगमा लिस्बोनसँग १–० ले हारे पनि समग्रमा २–१ को जित निकाल्दै एथलेटिको सेमिफाइनलमा पुगेको हो । २८ औं मिनेटमा फ्रेडी मोन्टेरोले गरेको गोल नै निर्णायक भयो । बिहीबार राति नै भएको अर्को खेलबाट आर्सनल पनि सेमिफाइनमा पुगेको छ । रसियन क्लब मस्कोसँग दुई–दुई गोलको बराबरीमा रोकिए पनि समग्रमा ६–३ को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो ।

खेलको ५० मिनेटसम्म पनि २–० ले पछि परेको आर्सनल इन्जुरी समयमा बराबरी गर्न सफल भयो । खेलको ३९ औं मिनेटमा चालोभको गोलबाट मस्कोले सुरुआती अग्रता लिएको थियो । त्यसपछि ५० औं मिनेटमा नाबाकिनले अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा पुर्‍याए । दबावमा परेको आर्सनल कमब्याक गर्दै मिनेटभित्र २ गोल गर्न सफल भयो । ७५ औं मिनेटमा बेलबेकले र इन्जुरी समयमा आरोन राम्सेले एक–एक गोल गरेका थिए । बिहीबार नै भएको अर्को खेलबाट आरबी साल्जवर्ग पनि ६–५ को नतिजासहित सेमिफाइनलमा पुगेको छ ।