Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

चरक हस्पिटलको सिसा फोडेर बिरामी हाम्फाले, अवस्था गम्भीर

Friday, April 13, 2018 National Power

३० चैत, पोखरा – पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको असफल प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार, अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचारपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएको गुरुङको अहिले उपचार भइरहेको जानकारी अस्पतालले दिएको छ ।

पोखराको महेन्द्रपुलमा व्यवसाय गर्दै आएका गुरुङ डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका थिए । औषधिको ओभर डोज खाएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रीमानले आत्महत्याको प्रयास गरेपछि श्रीमती बेहोस् भएको र आफन्तसमेत सम्पर्कमा नआउँदा अनुसन्धानमा कठिनाइ भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।