Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चरक हस्पिटलको सिसा फोडेर बिरामी हाम्फाले, अवस्था गम्भीर

Friday, April 13, 2018 National Power

३० चैत, पोखरा – पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको असफल प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार, अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचारपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएको गुरुङको अहिले उपचार भइरहेको जानकारी अस्पतालले दिएको छ ।

पोखराको महेन्द्रपुलमा व्यवसाय गर्दै आएका गुरुङ डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका थिए । औषधिको ओभर डोज खाएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रीमानले आत्महत्याको प्रयास गरेपछि श्रीमती बेहोस् भएको र आफन्तसमेत सम्पर्कमा नआउँदा अनुसन्धानमा कठिनाइ भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।