Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

अन्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा सम्मान कार्यक्रम

Thursday, April 12, 2018 National Power

अन्तराष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सामुदायिक स्वास्थ्य तथा विकास केन्द्र र नागरिकि समाज विकास केन्द्र काठमाडौं टुडेले बुधबार विशिष्ट व्यक्ति तथा समाजसेवीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणा र अन्य डाक्टरहरुलाई सम्मान गरिएको थियो । सरकारले विकट तथा दुर्गम भेगका स्वास्थ्य क्षेत्रमा चाहे जति पहुँच पुर्याउन नसकिरहेको अवस्थामा अग्रज समाजसेवीहरु, चिकित्सकहरु स्वास्थ्य क्षेत्रमा पहु्ँच पुर्याएको भन्दै सम्मान कार्यक्रम राखिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल रहेका थिए । अतिथीका रुपमा अन्य विशिष्ट व्यक्तिहरुको आथित्य पनि रहेको थियो ।