Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

रितिकाको सारीको छेउ बजारमा

Tuesday, April 10, 2018 National Power

काठमाडौं –  गायिका रितिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतलाई संगीत पनि उनैले दिएकी छिन् भने शब्द पनि उनको नै रहेका सार्बजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।
टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् ।

रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् । उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हास्य कलाकार भिम केसी, ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । गायक सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।