Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

मेगा अस्पतालले निःशुल्क शिविर चलाएर मनायो अन्तराष्ट्रिय स्वास्थ्य दिवश

Saturday, April 7, 2018 National Power

काठमाण्डौ – राज्यका निकायहरु र केहि नाम चलेका स्वास्थ्य संस्था तथा व्यक्तिहरुले पाँच तारे होटलमा सेमिनार गरेर अन्तराष्ट्रिय स्वास्थ्य दिवशको मनाईरहेको अवस्थामा मेघा हस्पिटलले भने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गर्दै अन्तराष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा विकट हिमाली जिल्ला रसुवामा गरेको २ दिने बृहत नि:शुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण, अपाङ्गता भएका दर्जनौ ब्यतिलाई ह्वील चियर, वार्किङ स्टिक, बैशाखी र सयौँ ब्यक्तिहरुलाई औषधी वितरण र हाइड्रोसील,पथ्थरी जस्ता रोगहरुको स्केलीङ गरी अन्तर्राष्ट्रिय दिवस मनाइयो ।

अस्पतालले चलाएको निःशुल्क शिविरमा जिल्लाका नयाँ शक्ति पार्टीका प्रेम तामाङ, अपांगता पुनःस्थापना केन्द्रका सभापति गोपाल भण्डारी, मेघा हस्पिटलका बरिष्ठ  सर्जन डा. अनिरा वैद्य, डा. शिव शाह, डा. मनोज मण्डल लगायतका टिमले सहभागिता रहेको थियो। बिरामी अपाङ मध्येका ५६ बर्षीय मंगले तामाङको दुवै खुट्टा नभएका हुनाले मेघा हस्पिटलका अध्यक्ष किशोर जंग राणा, गोपाल भण्डारी र बिष्णु आचार्यले दुवै खुट्टा नभएका अपाङ तामाङको खुट्टा बनाई दिने प्रतिबद्दता ब्यत गरे ।

मेगा अस्पतालले आपतकालिन सेवाका साथै अन्य स्वास्थ्य सेवा सम्बन्धी विभिन्न किसिमका रोगहरुको अत्याधुनिक प्रविधिबाट उपचार गर्दै आईरहेको छ । वि. सं. २०६७ सालमा स्थापना भएको मेघा अस्पताल प्रा।लि। ले वितेका सात वर्षमा आफ्नो सेवाको क्षेत्रमा निकै ठुलो फट्को मारी सकेको छ र उच्च स्तरिय प्रविधिबाट विमारीहरुको उपचार गर्दै आईरहेको अस्पतालको उपचार शैली प्रति विमारी र तिनका आफन्तहरु पनि सन्तुष्ट देखिएका छन् ।

काठमाडौं चक्रपथ, धोबीघाटमा रहेको मेघा अस्पतालले हुने खानेहरुका लागि मात्रै नभई हुँदा खानेहरुको लागि पनि अर्थात् सबै प्रकारका हैसियत भएका विमारीहरुको लागि पनि उपचारमा सहज पहुँच पुर्याउदै आएको छ । उक्त कार्यक्रममा बोल्दै मेघा अस्पतालका प्रमुख किशोर जंग राणाले भने, ‘यसरी सामाजिक क्षेत्रमा रहेर बिरामीहरुको उपचार र सेवा गर्न पाउँदा निकै आत्म सन्तुष्टि मिलेको छ । ‘

साथै अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विविध किसिमका राष्ट्रिय महत्वका कार्यक्रमहरुमा सहभागिता जनाउनुका साथै विभिन्न चेतनामुलक कार्यक्रमहरु समेत गर्दै आईरहेको छ छ ।