Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कालिप्रसादलाई चोरीको आरोप, पिरतीको बर्को कहाँबाट चोरियो ,कालीको खण्डन

Saturday, April 7, 2018 National Power

२४ चैत, काठमाडौं –  पछिल्लो समयका चर्चित गायक संगीतकार कालिप्रसाद बास्कोटालाई पनि चोरीको आरोप लागेको छ । संगीतकार एवं गायक राज सागरले आफ्नो गीत संगीतकार कालिप्रसाद बाँस्कोटाले चोरेको आरोप लगाएका छन् । गीत एरेञ्ज गर्ने क्रममा आफूले गीत रिकेश गुरुङलाई दिँदा संगीतकार कालिप्रसाद पनि त्यहिं थिए । उनले पछि चलचित्र शत्रुगतेमा पिरतीको बर्को तिमीलाई‘ बनाएको राज सागरले आरोप लगाएका छन् । गीताञ्जली नामक एल्वममा गत २०७४ साल भदौ ३० गते नै सधं भरी सताउने चाहना छ तिमीलाई‘ बोलको गीत रिलिज गरिएको थियो । सोही गीतबाट नै कालिप्रसादले पिरतीको बर्को चोरेको आरोप यतिबेला राज सागरले लगाएका छन् ।

पिरतीको बर्को आएको यति समय कटिसक्यो, चलचित्र पनि सफल रुपमा चलिसक्यो बल्ल तपाई आरोप लगाउँदै हुनुहुन्छ भन्ने प्रसंगमा राज सागरले आफूलाई एरेञ्जर राकेश गुरुङले केहि समय अल्मलाएको बताए । यहि गीत एरेञ्जरमा लैजाँदा संगीतकार काली पनि त्यहि थिए । राजले भने – गीत भने यशु थापाले लेखेका हुन् । शब्दलाई परिवर्तन गरी कालीले ‘शत्रु गते’कालागि पिरतीको बर्को तिमीलाई बनाएको राज सागरले आरोप लगाएका हुन् । यसरी चोरी भयो भन्दै रिकेशकोमा छलफल गर्न गए पनि अलिअलि मिल्यो होला, कालिसँग कुरा गरौला नी भन्दै रिकेशले कुरा गरेकोले अहिलेसम्म कुरिरहेँ तर गीत चर्चामा आइसक्यो मैले न्याय पाइनँ, राजले भने । राजको यो गीत र शत्रु गतेको पीरतीको वर्को को दुवै गीतका एरेञ्जर रिकेश नै हुन् ।

गीतमा केबल स्केल मात्रै तलमाथी गरिएको आरोप छ ।  चोरीको आरोप लागेका दुई गीत :

गीत चोरीको विषयमा विभिन्न मिडियामा समाचार प्रकाशीत भईसके पछि काली प्रसादले त्यसको खण्डन आफ्नो फेसबुक मार्फत गरेका छन्

म्युजिक खबर