Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नाता सबै टुटेपछि युटुव बाट सार्वजनिक

Saturday, April 7, 2018 National Power

२४ चैत,काठमाण्डौ – युट्युबबाट एकाएक चर्चाको शिखरमा रहेकी गायिका पूर्णिमा लामाको आवाज रहेको नया गीत ूनाता सबै टुटेपछीू सिडिएम म्युजिकको प्रस्तुति आकाश लिम्बुको शब्द,राजु कार्कीको एरेन्जर,राज रोबर्ट अजनबिको संगीत,अधिनायक मान सेरचनको सम्पादन र सन्दीप अधिकारीको छायांकन रहेको छ।

सेवा इन्टरटमेन्ट स्टुडियोमा छायांकन गरिएको यस गीतलाई रेकर्ड तथा मिक्सिङमा मुस्कान मुकारुङ राईले सघाएका हुन् भने गीतमा सबैले नाता तोडेपछिको शब्दलाई सर्जकले दर्साएका छन् ।

धादिङ गल्छी गाउँपालिका मछेदी खोलाकी नवगायिका पूर्णिमा लामा थिङ सानैदेखि गीतसंगीतका पारखी थिइन् । तामाङ सेलो लगायत विभिन्न विधाका गीतहरु गाइसकेकी पूर्णिमाको विधा भने आधुनिक हो। हाल १२ कक्षामा अध्ययनरत पूर्णिमाले छोटो समयमा तीन दर्जन भन्दा गीतहरुमा आवाज दिइसकेकी छिन् ।