Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

दिल्लीमा अरुण तेस्रोको शिलान्यास नहुने

Saturday, April 7, 2018 National Power

२४ चैत, नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ ।  नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले अनलाइनखरलाई जानकारी दिए ।

‘अरुण तेस्रोको शिलन्यास आज हुँदैन,’ मन्त्री महासेठले भने, ‘नेपालका तर्फबाट गृहकार्य नपुगेको भनेपछि आज यसको स्विच अन नहुनेभएको हो ।’ त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने मन्त्री महासेठले बताएका छन् । वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने उनले बताएका छन् ।