चैत २३ काठमाण्डौ – गायक संगीतकार पुस्कर सुनुवार र गायिका अमृता लिम्बुको बहु प्रतिक्षित रमाइलो गीत टाला टुली बटुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सानो बाल्यकालमा खेलिने खेल अथवा भनौ ताला तुली बटुलेर गुडिया बनाइ खेल्ने खेल त्यसैलाई थेगो बनाइ बोलिने पुरानो उखानलाइ उठान गरी बनाइएको बडा रमाइलो गीत टाला टुली बटुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
यस गीतलाई रचना तथा संगीत भिम बिष्ट(सिरिश)ले गर्नु भएको छ भने, यस गीतलाई चर्चित गायक संगीतकार एरेन्जर पुस्कर सुनुवारले गाउनु भएको छ ,गायकीमा वहाँलाइ गायिका अमृता लिम्बुले साथ दिनु भएको छ । तथा यस गीतमा संगीत संयोजन पनि गायक पुस्कर सुनुवारकै रहेको छ ।
यस रमाइलो गीतको भिडियोमा द मिरोर युनाइट मेम्बर्स ग्रुपका कलाकारहरु प्रिन्सिका श्रेष्ठ ,बिबेश श्रेष्ठ ,अरमान बस्नेत ,सुजन प्रजा (घोसे),सागर हेल्लो(जान) ,राज घिमिरे, निरज घिमिरेको संयुक्त डान्स तथा अभिनय देख्न पाइन्छ । यस गीतको भिडियोलाई लक्ष्मण घिमिरेले छायांकन गर्नु भएको छ भने ,सुमित लामाले निर्देशन गर्नु भएको छ । सो भिडियोलाई प्रदिप दाहालले सम्पादन गर्नु भएको छ त्यसै गरी भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ । छोटो समयमानै यो गीतले दर्शक स्रोताको मन जितिरहेको छ ।
8 K एभरेष्ट मोसन पिक्चर्स प्रालिबाट रिलिज भएको यो गीतको भिडियोलाई दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएको बताउँछन् गायक पुस्कर सुनुवार ।