Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कुल्लु मनालीका नेपालीको शान साईला लामा (भिडियो अन्तवार्ता सहित)

Monday, April 2, 2018 National Power

काठमाण्डौ – १६ वर्षको उमेरमा विदेशीएका सिन्धुपाल्चोकका साईला लामा अहिले नेपाली संगै संगै विदेशीहरुको पनि आदरणीय पात्र बन्न सफल भएका छन् । सानैमा आमा वितेपछि आमाको अनुहार समेत राम्रो संग देख्न नपाएका लामा सानै उमेरमा विदेशीएका थिए । सिन्धुपाल्चोकको तेम्वाथाम गाउँपालिका घर भएका लामा विदेशीने क्रममा भारतको हिमाञ्चल प्रदेश कुल्लु मनाली पुगेका थिए । सामान्य लेखपढ समेत नगरेका लामा कामदारकै रुपमा मनालीमा पुगेका हुन् ।


जिवनका अनेकन आरोह अवरोहहरुलाई झेल्दै निकै ठुलो संघर्षपूर्ण जिवन विताउने नेपालीको संख्या तिनताका एकिनका साथ भन्न नसके पनि प्रसस्तै नेपालीहरु कुल्लु मनालीमा काम गर्न गएका थिए तिनिहरुमा कोही सपरिवार थिए त कोही एक्ला एक्लै ।
साईला लामा पनि गाउँका केही साथीहरुसंग मिलेर सुनौलो भविश्य खोज्नको लागी हिमाञ्चल प्रदेशको कुल्लु मनाली पुगेका थिए । धन कमाउने र ठूलो मान्छे सपना वोकेर भारत हानिएका साईलालाई सुरुका दिनमा त पेट पाल्नै पनि धौ धौ परेको थियो । उमेर वढ्दै गर्दा खाने मुखहरु पनि थपिँदै गए श्रीमती, छोरा–छोरी परिवार त ठूलै भयो र संघर्ष पनि वढ्न थाल्यो । एक दिनको पाँच रुपैया भारु तलव एकातिर वाँच्नैका लागी संघर्ष गर्नुपर्ने भने अर्कातीर त्याहाँका स्थानियले कम्ता पेल्दैनथे सारै चित्त दुखेर आउँथ्यो साईलालाई, एक दिन साईलाले निक्कै मन दरो वनाएर सोचे “हामीले यहि भूमिमा जवानी सकाउने, यहि भूमिमा पसिना वगाउने अनि मान्छे जस्तो भएर वाँच्न पनि नपाउने ?” साईलाले अधिकारका लागी लड्न निर्णय गरे र पुगे आदलतमा न्यायको लागी । सुरुमा एक्लै साईलाले निक्कै सघर्ष गर्नु परेको सुनाउँछन् उनका लागी नजिक साथीजस्ता पनि, अविभावक जस्ता एक जना वकिल साथी थिए अश्विनी कुमार गुप्ता ।


वकिल गुप्ता र साईलाले नेपालीहरुको समस्यालाई लिएर उनले हिमाञ्चल प्रदेशको उच्च अदालतमा नेपालीहरुले न्याय पाउनु पर्दछ र नेपालीहरुलाई न्याय गरिनु पर्दछ भन्दै उनकै नेतृत्वमा मुद्धा हालेका थिए । भारतको मंहगीमा साईलाको खल्तीमा पन्ध्र सय भारु थियो त्यतिले त मुद्धा हाल्नु त के कोर्टको ढोकामा पनि उक्लिन पनि कठिन थियो तर हिम्मतिला साईलाको हिम्मतलाई उनका प्रिय,आदरणिय मित्र वकिलको साथ लिएर उनले मुद्धा हालेका थिए । मिल्ने दाजुभाई जम्मा भएर आफ्नो हक र हितको लागि आवज उठाउने भन्दै संगठन खोल्न पहल गरेका थिए । पहल हुदै गर्दा धेरै ले विदेशीलाई यो अधिकार दिनु हुदैन भनेर विरोध समेत गरेका थिए । तर उनले मुल प्रवाह अखिल नेपाल भारत एकता समाज नागमक संगठनमा आवद्धरहि कुल्लु मनालीमा रहेका नेपालीहरुको समस्यासंग जुझ्न थाले ।
लामो समयको सघर्ष पश्चात अदालतले उनकै पक्षमा फैसला सुनाए पछि लामालाई सम्पुर्ण नेपाली समुदायले सराहना गरेका थिए । नेपालीहरुको उत्थानको लागि कुनै राम्रा काम गर्नु पर्दछ भन्ने हेतुले उनले नेपाली समुदायले पनि भारती नागरिक सरह सरकारी सेवासुविधा पाउनु पर्दछ भन्दै हिमाञ्चल उच्च अदालतमा मुद्धा दर्ता गराए । नेपालीको हक र हितमा लड्दा लड्दै तिन वर्ष वितेको थियो । सम्पुर्ण नेपालीको साथ र सहयोगले गर्दा उनको हिम्मत पनि मरेन र हिमाञ्चल अदालतले पनि उनकै हितमा फैसला सुनाए पछि कुल्लु मनालीको विकास गर्ने नेपाली कामदारहरु पनि अव त्यहाँकै नागरिक सरह सरकारी सेवा सुविधा पाउने पक्का भयो । मुद्धा जित्ने वित्तिकै एकै पटक झण्डै दुई हजार नेपालीले आधारकार्ड समेत पाए ।


साईला लामा नेपाली समुदायका लागि मात्रै आशाको दियो बनेनन् वल्की भारतीय नागरिकहरुका समस्यहरुलाई समेत उनले नेपालीकै समस्या झै सुल्झाउने गरेका छन् । उनले दुई देशका नागरिक विच भाईचार र सद्भाव फैलाएर सम्बन्ध झन बलीयो बनाउदै गैरहेका छन् । यति बेला नेपाल भारतलाई लिएर नेपाली र भारती मिडिया अनि संग संगै राजनिती स्तर बाट टिका टिप्पणी हुदै आएको छ । र वेला वेला नेपाल भारत सम्बन्ध चिसो भएको अथवा भारत त नेपालको शत्रु नै भएको भन्दै आ–आफ्नै खाले टिका टिप्पणी हुदै आएका छन् । तर राजनितीक स्तरबाट हुने चिसो र तातोका कुराहरुलाई आम नेपाली र भारतीय जनतामा कुनै फरक र असर पर्दैन र परेको पनि छैन । नेपाल र भारत विच सदियौ देखी दाजुभाई झै सम्बन्ध रहदै आईरहेको छ । साईला लामा जस्ता हजारौँ नेपालीहरु जसले नेपाल र भारतको सम्बन्ध जनस्तरबाट बलियो बनाउदै आएका छन् । साईला लामाको उदारबादी सोचले कुल्लु मनालीमा रहने नेपाली र भारती जनताका विचमा भाईचारा ,सद्भाव र एक अर्का प्रतिको गरिने सम्मान झन बलियो र दिगो हुदै गईरहेको छ । कामको शिलशिलामा मनाली पुगेका नेपालीलाई मनालीबासी सरहकै सेवा सुविधा हिमाञ्चल सरकारले दिए पछि नेपालीहरु खुसी छन् ।


उनि नेपाली मात्रै नभएर कुल्लु मनालीमा बस्ने सम्पुर्ण भारतीय र नेपाली सर्वसाधारणको माझमा निस्वार्थ समाज सेवी नेताका रुपमा साईला चिनिएका छन् । उनको कामको हिमाञ्चल प्रदेश सरकारले पनि सराहना गर्दै आएको छ । उनि नेपालको मात्रै नभएर भारतीय नागरिक वा भारतको समाजसेवी उदार नेतृत्वका रुपमा रहँदै आईरहेका छन् । उनले कुनै पनि जनतालाई भेदभाव नगरि सबैको समस्यालाई समाधान गर्दै कुल्लु मनाली क्षेत्र सु–सम्पन्न बनाउन विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढीरहेका छन् ।

कमला जोशी
सम्पादक 
पावर न्यूज राष्ट्रिय मासिक