Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

सदावहार जवानीको रहस्यः सकारात्मक सोच

Sunday, April 1, 2018 National Power

सदैव जवान रहने चाहना कसलाई नहोला र रु तर चाहना हुँदैमा पूरा हुन्छ भन्ने छैन । बढ्दो उमेरको प्रभाव छालामा देखिनु
 सामान्य कुरा हो । तर जस्तो मन उस्तै तन भन्ने भनाइप्रति पनि बेवास्ता गर्नु हुँदैन । नब कसैलाई आफू लामो समयसम्म 
जवान देखिने चाहना हुन्छ उसको हाउभाउ, चालचलन, सोचविचार तथा अन्य समग्र व्यवहार पनि त्यसैअनुसार हुन्छ ।

हिजोआज त नयाँ नयाँ प्रविधिको विकास भएका छन् जसले जवानी कायम राख्न मद्दत पुर्‍याइरहेका छन् । 
हरेक व्यक्ति बढ्दो उमेरमा समेत आफूलाई तन्दुरुस्त एवं जवान राख्ने प्रयास गरिरहेकै हुन्छन् ।
 विशेषज्ञहरू भन्छन् (जन्मसँगै छालाको उमेर बढ्न थाल्छ । छालामा बढ्दो उमेरको प्रभाव कम गर्नका लागि खानपान,
 जीवनशैली एवं सोचाइमा परिवर्तन गर्नु अत्यन्त जरुरी छ) ।

जसै उमेर बढ्दै जान्छ, कपाल फुल्दै जान्छ, अनुहारमा चाउरी पर्न थाल्छ ।दृष्टि कमजोर हुन थाल्छ । 
यसका साथै उमेर बढेसँगै छालाको तल्लो भागमा हुने बोसो समेत कम हुन थाल्छ ।फलस्वरूप छाला पातलो हुन थाल्छ,
 चाउरी देखिन थाल्छ । यस्ता समस्यालाई हिजोआज कस्मेटोलोजिस्टउपचारका सहायताले उपाचार गरिँदै आइएको छ, 
जसमा फिलर्स र बोटोक्सजस्ता प्रविधि पर्दछन् ।
उमेरको प्रभाव कम गर्नका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ:
-दिनचर्या नियमित राख्ने । हरेक काम समयमै पूरा गर्न प्रयास गर्ने । पर्याप्त निद्रा लिने । 
आवश्यकताभन्दा धेरै सुत्नु अथवा कम सुत्नु दुवै स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छन् ।
-नियमित व्यायाम गर्ने ।
-तनाव कम गर्ने । कुनै विपत्ति आइलागे सकारात्मक सोच राख्ने ।
-आत्मविश्वासलाई डग्न नदिने ।
-हाँस्नु पनि एक राम्रो व्यायाम हो । हाँस्न कन्जुस्याइँ नगर्ने । दिल खोलेर हाँस्ने ।
-रचनात्मक कार्यमा मन लगाउने ।
-फास्ट फुड तथा जंक फुडको साटो सादा एवं प्राकृतिक खानपानलाई प्राथमिकता दिने ।
-खानामा फरक-फरक रंगका सागसब्जी तथा फलफूल समावेश गर्ने । पानी पर्याप्त पिउने ।
-कहिल्यै पनि अरूजस्तो देखिन प्रयास नगर्ने । आप्mनो छुट्टै पहिचान बनाउने ।
-आप्mनो जीवनशैली तथा फिटनेसमा सदैव ध्यान दिने ।
-घरबाहिर निस्कनुअघि सनस्क्रीन क्रिम लगाउने ।
-एक्लोपनबाट बच्ने । सामाजिक गतिविधिमा सकेसम्म बढी भाग लिने ।
-सदैव अनुभवी डाक्टरको सम्पर्कमा रहने ताकि कुनै पनि कस्मेटिक उपचार समस्या नबनोस् ।
बढ्दो उमेरलाई कम देखाउन मानसिक स्थितिको ठूलो भूमिका हुन्छ । सौन्दर्य विशेषज्ञहरूका अनुसार क्रिम वा खानपान बढ्दो 
उमेर कम देखाउनका लागि जति सहयोगी हुन्छन् त्योभन्दा बढी मानसिक अवस्थाले सहयोग गर्छ । तसर्थ मानसिक रूपमा 
तन्दुरुस्त रहनु आवश्यक छ । कतिपय अवस्थामा मानिस समस्यालाई लिएर अत्यधिक चिन्तित हुन्छ ।ऊ त्यो कुरा कसैलाई 
नभनी आफैं सुल्झाउने प्रयास गर्छ जुन गलत हुनसक्छ । कुनै पनि समस्या वा कठिनाइलाई आफ्नो परिवार वा डाक्टरको 
सहयोग लिएर सुल्झाउनु उपयुक्त हुन्छ । यसो गर्दा डिप्रेसन कम हुन्छ । मेनोपजपछि अधिकांश महिलाहरू आप्mनो आकर्षण
 कम भयो भनेर सोच्न थाल्छन्, जब कि वास्तविकता त्यस्तो हुँदैन । हरेक व्यक्तिको मानसिक एवं शारीरिक बनावट फरक हुने 
गर्छ । बढ्दो उमेरलाई मनको शक्तिद्वारा लगाम लगाउन सम्भव छ तर जसको मन नै बूढो हुन्छ त्यसको उपचार सम्भव छैन,
 भए पनि अत्यन्त कठिन छ । त्यसकारण सकारात्मक सोच अँगाल्नु नै सदावहार जवानीको रहस्य हो भन्दा कुनै अत्युक्ति हुँदैन ।