Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता

Thursday, March 29, 2018 National Power

१५ चैत,  काभ्रे – काभ्रेली सांसदहरुले प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेश संसद सचिवालयमा दर्ता गराएका छन् । सबैभन्दा पहिला प्रदेश सरकार गठन भएको प्रदेश नम्बर ३ मा प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिलम्ब भइरहेका बेला उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

बुधबार काभ्रेका सासंद चन्द्र बहादुर लामा प्रस्तावक रहेको प्रस्ताव सचिवालयमा दर्ता भएको हो । उनको प्रस्तावमा काभ्रेकै सासंदहरु बसुन्धरा हुमागाई, रत्न प्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक छन् । उनीहरुको प्रस्तावमा भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधार लगायतका दृष्टिकोषणले काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकाको आइटीपार्कमा प्रदेश ३ को स्थायी राजधानी तोक्न भनिएको छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा ९२० मा ब्यवस्था गरिए अनुसार प्रदेशसभामा तत्कालन कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णयबाट राजधानी तोकिनेछ । अब ससंदमा प्रदेशका राजधानी सार्ने विषयले प्रवेश पाउने भएको छ ।

अरबिन्द्र गौतम