Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेदरल्याण्डसँग ३-० ले हार्‍यो पोर्चुगल, गोल यात्रामा रोनाल्डोको ब्रेक

Tuesday, March 27, 2018 National Power

१३ चैत, काठमाडौं – विश्वकपको तयारीमा रहेको पोर्चुगल मैत्रीपूर्ण खेलमा नेदरल्याण्डसँग ३-० ले पराजित भएको छ । सोमबार राति जेनेभामा भएको खेलमा विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डले पोर्चुगललाई हराएको हो । पछिल्ला खेलमा लगातार गोल गर्दै आएका पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

नेदरल्याण्डका लागि मेम्पिस डिपेइ, रायन बाबेल र विर्गिल भान डिजेकले एक-एक गोल गरे । पोर्चुगलविरुद्ध नेदरल्याण्डले पहिलो हाफमा नै तीन गोल गर्‍यो । दोस्रो हाफमा पोर्चुगल १० खेलाडीमा सीमित भयो तर थप गोल भने खाएन । कावाको क्यानसेलो दोहोरो पहेंलो कार्ड खाँदै ६१ औं मिनेटमा बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको हो । गोलयात्रामा ब्रेक लागेपछि रोनाल्डोलाई ६८ औं मिनेटमा जोएओ माउन्टिन्होले प्रतिस्थापन गरेका थिए । रुसमा हुने विश्वकप फुटबलमा पोर्चुगल समूह ‘बी’ मा परेको छ । यो समूहमा स्पेन, मोरक्को र इरान पनि छन् ।