Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

को हुन् आईजीपीको फुली लगाउनै लागेका भाग्यमानी रमेश खरेल ?

Monday, March 26, 2018 National Power

१२ चैत,काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब दुई साता मात्र बाँकी छ । प्रहरी महानिरीक्षक (आईजीपी) का लागि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नाम चयन गर्ने अन्तिम तयारीमा रहेको खबर आएको छ । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरिएको थियो । तर सरकारले रमेश खरेललाई जिम्मेवारी दिने पक्का गरेको बुझिएको छ । अब बस्ने मन्त्रीपरिषद्ले उनको नाम टुंगो लगाउने जानकारी उच्च स्रोतबाट आएको छ ।

वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् । १ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए । यसकारण सरकारले खरेल रोजेको छ । उनी अरुभन्दा एकबर्ष अघि असई पदमा नै प्रहरी बुझिसकेका साथै अरुभन्दा अब्बल दर्जाको कार्य कुशलता भएका कारण खरेललाई रोजिएको छ । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका थिए । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् । उनी भने चर्चा मै आउन सकेनन् ।

रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए । तर पछि उनलाई पछाडी पारियो । २०७५ मा उनी अवकाश पाएपछि पालो आउनेछ । सर्वेन्द्र खनालको । खनाललेपनि छोटो समय नेतृत्व पाउनेछन् ।

नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक ९एआईजी० नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने भएको हो ।



       कमला जोशी 
सम्पादक पावर न्युज राष्ट्रिय मासिक