Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

यी हुन् २० बलमा १०२ रन बनाउने भारतीय क्रिकेटर, तोडे क्रिस गेलको रेकर्ड

Sunday, March 25, 2018 National Power

११ चैत, काठमाडौं – आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् । शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा थियो । साहा मोहन बगानको टिमबाट खेलेका थिए । विश्वास गर्न गाह्रो होला, ऋद्धिमानले केबल २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए ।

ऋद्धिमान साहले चार चौका र १४ छक्का प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो । यसको साथै साहा टी -२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए । आईपीएल क्रिकेट सुरु हुनुअघि ऋद्धिमानको यो सनसनीपूर्ण प्रदर्शनले हलचल मचाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ऋद्धिमान साहा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध छन् । सनराइजर्सले उनलाई ५ करोड भारुमा अनुबन्ध गरेको छ । ३३ वर्षीय ऋद्धिमान हालै दक्षिण अफ्रिकासँग भएको वान डे म्याचमा टिम इन्डियाको एक सदस्य थिए । सनराइजर्स हैदरावादसाग ऋद्धिमान साहाका अलावा डेभिड वार्नर, शिखर धवन जस्ता खेलाडीहरु पनि छन् । यसैगरी टिम अफगानिस्तानका स्पीनर राशिद खान पनि सनराइजर्स हैदरावादमा छन् ।